आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मस्जिदमा कोरोना देखिएपछि देशभरका मुस्लिमलाई आयोगले गर्‍यो विशेष अपिल

मस्जिदमा कोरोना देखिएपछि देशभरका मुस्लिमलाई आयोगले गर्‍यो विशेष अपिल

  • शुक्रवार, बैशाख १२ २०७७

  • 4.4K
    SHARES

  • काठमाडौं – उदयपुर र वीरगञ्जका मस्जिदभित्र रहेका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले कोरोना परीक्षणको दायरा बढाएको छ । उदयपुरमा मुस्लिम समुदायमा कोरोना संक्रमणको अवस्था खतरनाक देखिएको छ । कोरोना संक्रमणको महामारीबाट बच्न भोलि शनिबारबाट सुरू हुने मुस्लिम समुदायको रमजान पर्वको बेला मस्जिदमा भीडभाड नगरी घरभित्रै नमाज पढ्न मुस्लिम आयोगले अपिल गरेको छ । शनिबारबाट सुरू हुने रमजान १ महिनासम्म चल्छ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेपालका मुस्लिम समुदायलाई रमजान पर्वको बेला मस्जिदमा भीडभाड नगरेर घरभित्रै नमाज पढ्न अपिल गरेका छन् । उदयपुरको मस्जिदसँग सम्बन्धित कोरोना भाइरसका संक्रमणको संख्या लगातार बढेपछि देशका विभिन्न भागका मस्जिद तथा मदरसामा सतर्कता बढाउन अनि आवश्यक ठाउँमा परीक्षण पनि गराउन आयोगले प्रशासन तथा स्वास्थ्य मन्त्रालयसँग मिलेर काम गरिरहेको अन्सारीले जनाएका छन् । रोगहरूको कुनै जात र धर्म नहुने भन्दै उनले सरकारले लागू गराएको ‘लकडाउन’ तथा सामाजिक दूरीका नियमहरू पर्वका बेला पनि पालना गर्न सबैलाई अपिल समेत गरेका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमित व्यक्तिको संख्या ४८ पुगेको छ, जसमध्ये १० जना निको भएका छन् । उपचाररत ३८ जनामध्ये उदयपुरका २ दर्जनभन्दा बढी र वीरगञ्ज नजिकैको मस्जिदमा रहेका ३ जना समेत रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हाल बाग्लुङमा १ जना, धनगढीमा १ जना, भरतपुरमा २ जना, वीरगञ्जमा ५ जना र विराटनगरमा २९ जना उपचाररत रहेका जनाएका छन् । सरकारले काठमाडौंस्थित मस्जिदमा रहेका सबैको कोरोना भाइरस परीक्षण सुरू गरेको छ । उदयपुरको मस्जिदमा रहेका मानिसमा कोरोनाको संक्रमण देखिएपछि काठमाडौंस्थित मस्जिदमा रहेका सबैको परीक्षण शुरु गरिएको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १२ २०७७०३:२९:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend