काठमाडौं – गेट्स फाउन्डेसनका अध्यक्ष बिल गेट्सले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रंशसा गरेका छन् ।
माईक्रोसफ्टसका संस्थापक समेत रहेका गेट्सले प्रधानमन्त्री मोदीलाई पत्र लेखी उनले महामारीको नियन्त्रण र रोकथामका लागि चालेको कदमहरुको सराहना गरेका हुन् ।
मोदीले महामारी नियन्त्रण तथा रोकथामका लाई अपनाएको रणनीतिहरुलाई गेट्सले उत्तम भनेका छन् ।
भारतमा गरिएको देशव्यापी लकडाउन, पकेट एरियाको पहिचान गरी गरिएको टेस्टिंग तथा क्वारेन्टाईनलाई गेट्सले उपयुक्त उपाय बताएका छन् । विट्सले भारतले डिजीटल क्षमताको प्रयोग गर्दै कन्ट्याक्ट ट्रेसिङको उपाय अपनाएकोले पनि मोदीका प्रंशसा गरेका हुन् ।
भारतले स्वास्थ्य क्षेत्रमा अनुसन्धान एवम् आविष्कारकामा बजेट बढाएर पनि प्रशंसनीय कार्य गरेको उक्त पत्रमा उल्लेख गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।