काठमाडौं - नेकपाका उपाध्यक्ष वामदेव गौतमको भैंसीपार्टीस्थित निवासमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित बहुमत सचिवालय सदस्यहरूको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा अध्यादेश फिर्ता लिनुपर्ने निष्कर्षमा निकालेको छ । बिहीबार साँझ सुरु भएको बैठकमा प्रचण्डसहित वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष गौतम, महासचिव विष्णु पौडेल र नारायणकाजी श्रेष्ठ सहभागी रहेका छन्।
नेकपाभित्रको आन्तरिक विवाद चुलिदै गएको अवस्थामा बसेको यो बैठकलाई अर्थपूर्ण रुपमा लिइएको छ। सरकारले जारी गरेको अध्यादेश फिर्ता गराउने निष्कर्षमा पुगेका छौं। अध्यादेश काम छैन। फिर्ता लिनैपर्छ,’ एक सचिवालय सदस्यले भने।
सरकारले सोमवार राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि सत्तारुढ दलमा विवाद चुलिएको हो।
नौ सदस्यीय सचिवालयमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादलबाहेक अरु छ जना भैंसीपार्टीमा सहभागी छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।