आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भीम उपाध्ययको रिहाई नगरे सरकार विरुद्ध आन्दोनलनको आँधीबेरी ल्याउने तरुण दलको चेतावनी

भीम उपाध्ययको रिहाई नगरे सरकार विरुद्ध आन्दोनलनको आँधीबेरी ल्याउने तरुण दलको चेतावनी

  • बिहिवार, बैशाख ११ २०७७

  • 5.0K
    SHARES

  • काठमाडौं– नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलले लोकतन्त्र दिवस मनाइरहँदा सरकार भने घृणित खेलमा लागेको आरोप लगाएको छ। अध्यक्ष जितजंग बस्नेतले विहिबार विज्ञप्ती जारी गर्दै लोकतन्त्र माथि सरकारले नै धावा बोलेको बताएका छन्।

    ‘सरकार भने लोकतन्त्रका मूल्य मान्यता माथि नै धावा बोल्दै लोकतन्त्रका सुन्दर गहना अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्रपूर्वक जीवनयापन गर्न पाउने अधिकार माथि कुठाराघात गरिरहेको छ,’ विज्ञप्तीमा भनिएको छ,‘यसै सिलसिलामा सरकारका कुकृत्यको बिरोध गरेर सामाजिक संजालमा आफ्ना अभिव्यक्ति राखेका कारण हिजो मात्र नेपाल सरकार पुर्व सचिव इन्जिनियर भिम उपाध्यायलाई पक्राउ गरिएको छ भने बिपक्षी पार्टीका केही सांसदलाई अपहरणको शैलीमा होटल भित्र बन्धक बनाईएको भन्ने सुन्नमा आएको छ ।’

    तरुण दलले सवैको अभिभावक र रक्षक बन्नु पर्ने सरकार आफैं यस्ता घृणित कार्यमा लाग्नु निन्दनीय भएको बताएको छ । सरकारका यस्ता निच कार्यको घोर भर्सना गर्दछौ । झुटा आरोप लागाई पक्राउ गरिएका भिम उपाध्यायलाई तत्काउ बिना सर्त रिहा गर्नका लागी जोडदार माग गर्दछौं, साथै आगामी दिनमा यस्ता लोकतन्त्र बिरोधी गतिविधि नरोकिए लोकतन्त्र रक्षाका लागि नेपाल तरुण दल जस्तो सुकै आन्दोलन गर्न तयार रहेको कुरा जानकारी गराउछौं,’ विज्ञप्तीमा उल्लेख छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख ११ २०७७०७:५१:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend