बिहिवार, बैशाख ११ २०७७
काठमाडौ–नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले कम्युनिस्ट सरकारले ल्याएको दुई अध्यादेशको विरोधमा सडक प्रदर्शन गरेको छ ।
नेविसंघका पूर्वअध्यक्ष रञ्जीत कर्णको नेतृत्वमा एक दर्जन विद्यार्थीले काठमाडौंको नयाँबानेश्वरको मूल सडक प्रदर्शन गरेका हुन् । लकडाउनको बेवास्ता गर्दै नेविसंघका नेता तथा कार्यकर्ताहरूले बिहीबार प्रदर्शन गरेका छन् ।
उनीहरूले जनतालाई कोरोना भाइरसको संक्रमणविरुद्ध बचाउन बेला बेमौसमका दुई अध्यादेश ल्याएको भन्दै कम्युनिस्ट सरकारविरुद्ध नारावाजी गरेका थिए ।
उनीहरूले कम्युनिस्ट सरकारविरुद्ध लेखिएको प्लेकार्डहरू प्रदर्शन गरेका थिए ।कम्युनिस्ट सरकारले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीलाई फुटाउने भन्दै राजनीतिक दल विभाजनसम्बन्ध अध्यादेश जारी गरेको थियो ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई संवैधानिक परिषदबाट हटाउन संवैधानिक निकायसम्बन्धी अध्यादेश सरकारले जारी गरेको थियो । सरकारले जारी गरेको अध्यादेशको नेपाली कांग्रेससहितका दलहरूले विरोध गर्दै आएका छन् ।
कांग्रेस मात्रै होइन स्वर्य सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले समेत ती दुई अध्यादेशको विरोध गरेका छन् । यस्तै रामेछापको वेथानमा समेत सरकार विरुद्ध नेविसंघल विरोध प्रर्दशन गरेको छ। सरकारले बेमौसमी विधेयक ल्याएर सडकमा आउन बाध्य बनाएको नेता दिपेन्द्र खड्काले बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।