काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको पार्टी फुटाउन सहज हुने राजनीतिक दल सम्बन्धी अध्यादेशले समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादवसहित ७ सांसदले पार्टी फुटाउने निर्णय गरिसकेका छन् ।
पार्टी फुट्ने भएपछि मध्यराति समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरण गर्ने सहमति भएको छ तर एकतालाई लिएर राजपा नेपालमा असन्तुष्टि देखिएको छ ।
समाजवादी पार्टीपछि प्रधानमन्त्री ओलीको षड्यन्त्रमा राजपा पनि फुट्न लागेको हो भन्ने प्रश्न जन्मिन थालेको छ ।
पार्टी एकीकरणका लागि छलफल गर्न बोलाइएको बैठकमा राजपा नेपालका अध्यक्षमण्डलका सदस्य अनिलकुमार झा र राजकिशोर यादव अनुपस्थित भएसँगै राजपा पनि फुट्ने हो कि भन्ने आशंका गर्न थालिएको छ ।
अध्यक्षमण्डलका दुवै जना सदस्य काठमाडौंमै भएपनि एकीकरण बैठकमा गएनन् । दुवै जना सदस्य सुरूदेखि नै एकीकरणको पक्षमा नरहेको स्रोतको दाबी छ । दुवै सदस्यले सुरूमा राजपा नेपालको अधिवेशन हुनुपर्ने अनि मात्र समाजवादी पार्टीसँग एकीकरण हुुनुपर्ने अडान राख्दै आएको छन् ।
एकीकरण बैठकमा सहभागी हुन पटक–पटक आग्रह गरिएपनि दुवै जना उपस्थित भएनन् । एकीकरणका लागि भएको छलफलमा राजपा नेपालको तर्फबाट महन्थ ठाकुर, महेन्द्रराय यादव, राजेन्द्र महतो र शरतसिंह भण्डारी मात्र उपस्थित भएका थिए ।
असन्तुष्ट अनिलकुमार झा र राजकिशोर यादवले छुट्टै पार्टी बनाउने तयारी गरेको हुनसक्ने स्रोतको विश्लेषण छ । नेताहरू अनिल झा र राजकिशोर यादवलाई पटक–पटक सम्पर्क गर्न खोज्दा सम्पर्क भएन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।