काठमाडौं – कुनै बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टक्कर लिएर चर्चामा आएका उत्तर कोरियाली सर्वोच्च नेता किम जोन उनलाई ट्रम्पले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
राष्ट्रपति ट्रम्पले नेता किम गम्भीर बिरामी भएको जानकारी पाएको भन्दै पूर्ण स्थास्थ्य लाभको कामना गरेका छन् ।
‘उहाँ सिकिस्त बिरामी हुनुभएको छ भन्ने विवरण मलाई प्राप्त भएको छ, अरु मलाई केही थाहा छैन, मैले केवल उहाँको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्न सक्दछु,’ ट्रम्पले भने ।
एक औपचारिक कार्यक्रममा ट्रम्पले किमसँग आफ्नो निकै राम्रो सम्बन्ध बन्दै गएको पनि स्मरण गरेका छन् । केही वर्षअघि ट्रम्प र उनबीचको विवाद सतहमै आएको थियो ।
अमेरिकी गुप्तचर निकायका अधिकारीले उत्तर कोरियाका सर्वोच्च नेता किमको खतरापूर्ण शल्यक्रिया गरिएको र सिकिस्त बिरामी भएको विवरण दिएपछि ट्रम्पले स्वास्थ्य लाभको कामना गरेका हुन् ।
नेता किम १५ अप्रिलका दिन आफ्ना हजुरबुवाको जन्मोत्सव कार्यक्रममा पनि अनुपस्थित रहेका थिए । उनी त्योभन्दा ४ दिनअघि एउटा सरकारी बैठकमा भने देखिएका गुप्तचर निकायहरूको सूचनालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले समाचारमा उल्लेख गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।