आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नरेन्द्र मोदीले ७ वर्ष जेल हाल्ने अध्यादेश ल्याएपछि भारतमा तरङ्ग, रोकिएला कोरोना ?

नरेन्द्र मोदीले ७ वर्ष जेल हाल्ने अध्यादेश ल्याएपछि भारतमा तरङ्ग, रोकिएला कोरोना ?

  • बुधवार, बैशाख १० २०७७

  • 4.4K
    SHARES

  • काठमाडौं – कोरोना संक्रमण रोकथाम र उपचारलाई प्रभावकारी बनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कडा कानुन ल्याएका छन् । कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र आक्रमण भइरहेका बेला मोदी सरकारले अध्यादेशमार्फत कडा कारवाही गर्ने कानुन ल्याएको छ । भारतका सूचना प्रसारण मन्त्री प्रकाश जावडेकरले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी कोरोना महामारी नियन्त्रणमा खटिएका चिकित्सक र कर्मचारीमाथि आक्रमण कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पार्दै कडा कारवाहीको निर्णय सुनाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा बुधवार बसेको मन्त्रिमण्डलले महामारी बिमारी कानून (एपिडेमिक डीजिसेस–१८९७) लाई संशोधन गर्न नयाँ अध्यादेश लागू गरेको छ । अध्यादेशको नयाँ प्रावधान अनुसार स्वास्थ्यकर्मीमाथि हुने आक्रमणलाई अपराध ठानेको छ । स्वास्थ्यकर्मी आक्रमणबाट घाइते, सम्पत्तिको क्षति भएमा क्षतिपूर्तिको प्रावधान कायम गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अध्यादेशमा चिकित्सकमाथि हुने हिंसाका दोषीलाई ६ महिनादेखि ७ वर्षसम्मको कैद सजायको व्यवस्था कायम गरिएको छ । कैदबाहेक ५० हजारदेखि ५ लाख रुपैयाँ जरिवानाको व्यवस्था पनि अध्यादेशमा गरिएको समाचारमा जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख १० २०७७०३:१६:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend