मंगलवार, बैशाख ९ २०७७
काठमाडौं– नेकपाका नेता हरिबोल गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने, मध्यावधी चुनाव गर्ने र राष्ट्रपतीय शासन सञ्चालन गर्ने डिजाइनमा भएको बताएका छन्।
त्यसैका लागि प्रधानमन्त्री ओलीले पार्टीसँग कुनै पनि सल्लाह नगरी एकाएक मन्त्रीपरिषदबाट राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश पारित गराई राष्ट्रपतिबाट त्यो जारी गर्न लगाएको नेता गजुरेलको भनाइ छ। उनले ओलीले अनौपचारिकरुपमा पार्टी फुाइसकेको समेत बताएका छन्। ‘ओलीले अनौपचारिकरुपमा पार्टी फुटाइसक्नु भयो। अब हाम्रो बल पुग्यो भने पार्टी फुट्न दिन्नौँ। उहाँको बल पुगेको खण्डमा त्यसलाई औपचारिक रुप पनि दिनुहुन्छ। हाम्रो बल पुगे त्यसलाई जोगाउँछौँ,’ उनले भनेका छन्, ‘पार्टीलाई जोगाउन सचिवालयका नेताहरुले पहल गर्नुहोला, छलफल गर्नुहोला र हामीलाई सुनाउनुहोला भन्ने प्रतिक्षामा छौँ।’
यस्तै उनले आन्तरिक छलफल नै अहिलेको महत्वपूर्ण भएको भन्दै सचिवालयको हिजोको बैठकको कुनै अर्थ नभएको बताए। ‘बैठक यता हुँदै थियो उता राष्ट्रपतिद्धारा अध्यादेश जारी भइसकेको थियो। त्यो जस्तो विडम्बना अरु के हुन्छ?,’ उनले भने, ‘अब स्थायी कमिटि बैठक पनि बस्नुपर्छ। त्यहाँ पनि छलफल हुनुपर्छ। हामीले हाम्रो तर्फबाट दबाब दिने काम जारी राख्ने छौँ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।