काठमाडौं – नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले संसदलाई छलेर कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको लोकतन्त्र विरोधी अध्यादेशविरुद्ध देशभर आन्दोलनको आँधीबेहरी ल्याउने उद्घोष गरेको छ ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले मंगलबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै लोकतन्त्रको रक्षाका लागि तरुण दलले गर्ने आन्दोलनले निम्त्याएको सम्पूर्ण क्षतिको जिम्मेवार केपी सरकार हुनुपर्ने जनाएको छ ।
‘देश, जनता र लोकतन्त्र विरोधी अध्यादेश फिर्ता नलिए तरुण दल लोकतन्त्र र नेपाली जनताका पक्षमा आन्दोलनको जस्तोसुकै आँधीबेहरी ल्याउन समेत पछि नपर्ने चेतावनी दिन चाहन्छु । आन्दोलनले निम्त्याएको सम्पूर्ण क्षतिको जिम्मेवार केपी सरकार नै हुनेछ भन्ने स्मरण तरुण दल गराउन चाहन्छ,’ अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
हेर्नुस् विज्ञप्तिको पूर्णपाठ –
राष्ट्रपति बिद्यादेवी भण्डारीले पास गरेका राजनीतिक दल र संबैधानिक परिषद सम्बन्धी दुुई अध्याधेश आपत्तीजनक र गैह्रजिम्मेवार कदम भएको अभिव्यक्ती भएको देखिएको छ।
अध्यादेस(२०७७ रास्ट्रपतिबाट पारित हुनु संविधानको मर्म बिपरित, गलत राजनीतिक अभ्यासले अस्थिरता संगै लोकतन्त्र धरापमा पर्न सक्ने हुँदा देश र नागरिकका लागि दुर्भाग्यपूर्ण अवस्थाको चित्रण भएको तरुण दलले ठहर गरेको छ ।
संसद छल्दै सरकारले पेश गर्ने र राष्ट्रपतिले सदर गर्ने गरी ल्याईएका अध्याधेशहरुले अस्थिरता निम्तिनेतर्फ मुलुक गएकोमात्र नभई प्रतिपक्षी दल बिना नै काम गर्न खोज्ने सरकारी रणनीतिले कम्युनिष्टले जितेमा मुलुक अधिनायकत्वतिर लम्किन्छ भन्ने काँग्रेसको निर्बाचन अगाडीको आँकलन सहि हुँदै गएको देखिएको छ ।
नेकपा नेतृत्वको सरकारको नालायक सावित भएको र उनीहहरुको यस्तै उल्टो मतीले गर्दा नेकपा पनि सिद्धिने र सरकारको पनि आयु समाप्त हुने शुरुवात भएको देखिएको, विनाश काले विपरित बुद्धि भन्दा फरक नपर्ने हुन्छ। माहामारीका कारण बिश्वमा मर्ने मानिसको संख्या दुई लाख पुग्न लाागेको र नेपालमा ३१ जना संक्रमीत भएको दर्दनाक अवस्थामा सरकारले बेमौसमी बाँसुरी बजाई जनताबिरुद्ध राजनीति गरिरहेको तीन करोड नेपाली जनताले बुझेका छन् । स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार गरी पाप र धर्मको ख्याल नगरेको केपी सरकारले फेरी अर्को पछिल्लो काण्डको रुपमा जनतालाई लकडाउनको बाहनामा घरभित्र थुनेर बिधेयक ल्याई अधिनाकतातर्फ मुलुक धकेल्ने सपना देख्नु दिवास्वप्न भएको तरुण दल ठहर गर्दै लोकतन्त्री बिरोधी बिधेयक तत्काल फीर्ता लिन समेत अनुरोध गर्दछ ।
साथै देश, जनता र लोकतन्त्र बिरोधी बिधेयक फिर्ता नलिए तरुण दल लोकतन्त्र र नेपाली जनताका पक्षमा आन्दोलनको जस्तोसुकै आँधिबेहरी ल्याउन समेत पछि नपर्ने चेतावनी दिन चाहान्छु । आन्दोलनले निम्त्याएको सम्पूर्ण क्षतिको जिम्मेवार केपी सरकार नै हुनेछ भन्ने स्मरण तरुण दल गराउन चाहन्छ ।
जितजंग बस्नेत
अध्यक्ष
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।