आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

केपी ओलीका हर्कत इतिहासकै दुःखद : सभापति देउवा

केपी ओलीका हर्कत इतिहासकै दुःखद : सभापति देउवा

  • सोमवार, बैशाख ८ २०७७

  • 5.3K
    SHARES

  • काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आपत्तिजनक र गैरजिम्मेवार हर्कत देखाएको बताएका छन् । राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधनप्रति आपत्ति जनाउँदै सोवबार साँझ सभापति देउवाले एक विज्ञप्ति जारी गम्भीर असहमति जनाएका हुन् । देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाको संक्रमणसँग पूरै विश्व एक भएर लडिरहेको छ । यस्तो बेलामा नेपाल सरकारले आज संवैधानिक परिषद् सम्बन्धि र राजनैतिक दल सम्बन्धी दुई अध्यादेश जे जारी गरेको छ त्यसले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि भएको छ । दुवै अध्यादेशप्रति नेपाली कांग्रेसको गम्भीर असहमति छ ।’ कोरोनाको संक्रमणबाट नेपाल र नेपालीको रक्षा लागि कांग्रेसले सरकारलाई हरसम्भव सघाउँदै बताउँदै यतिबेलाको प्रधान दायित्व कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउ भएको देउवाले जनाएका छन् । ‘यो घडी सत्ताको उन्माद वा खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो र यो ‘बेमौसमी बांसुरी’ हो,’ उनले भने । संविधान निर्माणताका संवैधानिक नियुक्तिमा साझा स्वामित्वको परिकल्पना विषय पनि उनले स्मरण गराएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘आजको संविधान निर्माण गरिँदा राजनैतिक स्थिरताको बन्दोबस्त गरिएको थियो । सँगैमा संवैधानिक नियुक्तिहरूमा साझा स्वामित्वको परिकल्पना गरिएको थियो ।’ नागरिक जीवन संकटमा रहेको घडीमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले यी सबै व्यवस्थालाई हठात उल्लंघन गरेको देउवाको ठहर छ । ‘नेपाली कांग्रेस अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेलभन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रुपले केन्द्रित हुन सरकारलाई अपिल गर्दछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख ८ २०७७०३:५४:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend