आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

केपी ओलीले दायाँबायाँ गर्न थालेपछि प्रचण्डले दिए नेताहरूलाई कडा निर्देशन

केपी ओलीले दायाँबायाँ गर्न थालेपछि प्रचण्डले दिए नेताहरूलाई कडा निर्देशन

  • सोमवार, बैशाख ८ २०७७

  • 5.5K
    SHARES

  • काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेताहरूलाई कडा निर्देशन दिएका छन् । जुनसुकै बेला जेसुकै पनि हुनसक्ने संकेत गर्दै अध्यक्ष प्रचण्डले नेकपा नेताहरूलाई राजधानी नछाड्न निर्देशन दिएका हुन् । सोमवार मन्त्रिपरिषद् बैठकले पार्टीको केन्द्रीय समिति वा संसदीय दलमध्ये एकमा ४० प्रतिशत मत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याउने निर्णय गरेपछि पूर्व माओवादी पक्षधर नेकपा नेताहरूले प्रचण्डसँग जिज्ञासा राखेका थिए । जवाफमा अध्यक्ष प्रचण्डले सरकारी निर्णयबारे छलफल चलिरहेको भन्दै राजधानी नछाड्न आफूनिकट नेताहरूलाई निर्देशन दिएका छन् । ओलीले पार्टी फुटाउन सहज हुने अध्यादेश मन्त्रिपरिषद्मा ल्याउँदा पूर्व माओवादी निकट मन्त्रीहरूले विरोध गरेका थिए । तर ओलीले एकलौटी निर्णय गरेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट समेत अध्यादेश जारी गराएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख ८ २०७७०२:३८:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend