आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतमा कोरोना संक्रमितको संख्या झनझन् बढ्दै, मुस्लिम भेलाका कारण धेरै फैलिँदै

भारतमा कोरोना संक्रमितको संख्या झनझन् बढ्दै, मुस्लिम भेलाका कारण धेरै फैलिँदै

  • सोमवार, बैशाख ८ २०७७

  • 4.5K
    SHARES

  • नयाँदिल्ली – भारतमा चलिरहेको लकडाउन खुकुलो पार्न तयारी भइरहेको अवस्थामा कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ हजार ३ सयभन्दा बढी कोरोना संक्रमित देखिएको छ । आईतवार साँझसम्ममा भारतमा कुल संक्रमितको संख्या करीब १६ हजार पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये २ हजार २ सयभन्दा बढी उपचारपछि निको भएका छन् भने ५ सयभन्दा बढीको मृत्यु भइसकेको छ । कोरोनाको संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै भारतमा मार्च २४ देखि लगातार लकडाउन गरिएको छ । तर केही दिन संक्रमणको दर झन् बढेको पाइएको छ । स्वास्थ्य मन्त्रालले आईतवार पत्रकार सम्मेलनमार्फत भारतका ७ सय २० जिल्लामध्ये विभिन्न २३ प्रदेशका ५६ जिल्लामा विगत १४ दिनमा संक्रमण नदेखिएको जनाएको छ । संक्रमण उच्च देखिएपछि सोमवार मध्यरातदेखि लकडाउन खुला गर्ने यसअघिको घोषणा कार्यान्वयन गर्ने/नगर्नेमा अन्योल देखिएको छ । मन्त्रालयले लकडाउन खुकुलो पार्ने निर्णय संक्रमण दर उच्च रहेका क्षेत्रमा लागू नहुने जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत साता दोस्रो चरणको १९ दिने लकडाउन घोषणा गर्दै अप्रिल २० देखि परिस्थिति हेरेर लकडाउनलाई खुकुलो बनाउने बताएका थिए । त्यहीअनुसार भारतको गृह मन्त्रालयले छुट पाउने क्षेत्र र व्यवसायलाई समेटेर निर्देशिका जारी गरेको थियो । तर आईतवारको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले त्यस्तो छुट संक्रमणको जोखिम नरहेका क्षेत्रमा मात्र लागू हुने जनाएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि आईतवार नै लकडाउनमा तत्काल कुनै छुट नदिने बताएका छन् । पन्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले पनि लकडाउन खुकुलो बनाउने योजना नरहेको जनाएका छन् । भारत सरकारले कोरोनाको संक्रमण देशव्यापी रूपमा फैलनमा दिल्लीको निजामुद्दिनमा अघिल्लो महिना भएको इस्लामिक भेला जिम्मेबार रहेको दाबी गरेको छ । स्वास्थ्य मन्त्रालयका सहसचिव लब अग्रवालले शनिवारसम्ममा पहिचान भएका कोरोना भाइरसका केसमध्ये करीब ३० प्रतिशत भेलासँग सम्बन्धित रहेको दाबी गरेका हुन् । अग्रवालले तमिलनाडुका ८४ प्रतिशत, तेलंगनाका ७९ प्रतिशत, दिल्लीका ६३ प्रतिशत, उत्तरप्रदेशका ५९ प्रतिशत र आन्ध्र प्रदेशका ६१ प्रतिशत कोरोनाका केस निजामुद्दिन भेलासँग सम्बन्धित रहेको बताए । दिल्लीका मुख्यमन्त्री केजरीवालले पनि इस्लामिक भेलाका कारण दिल्लीमा संक्रमण धेरै फैलिएको बताएको भारतीय सञ्चारमाध्यले जनाएका छन् । ‘दिल्लीको जनसंख्या २ प्रतिशत मात्र भएपनि देशभरि पहिचान भएका केसमध्ये १२ प्रतिशत दिल्लीमा हुनुका पछाडि सोही भेला हो,’ केजरीवाललाई उदृत गर्दै भारतीय समाचार एजेन्सी पीटीआईले लेखेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख ८ २०७७०३:१४:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend