आइतवार, बैशाख ७ २०७७
काठमाडौं–प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्नेलाई नियन्त्रणमा लिन आग्रह गरेका छन्।
शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीटमार्फत् आग्रह गर्दै कोरोना संकटका बेला स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्ने जो भए पनि नियन्त्रणमा लिन आग्रह गरेका हुन्।
प्रधानमन्त्रीलाई मेन्सन गर्दै शर्माले लेखेका छन्, ‘स्वास्थ्यकर्मीलाई हतोत्साहित जो गर्दैछन् तिनलाई नियन्त्रणमा लिनुहोस्।’
टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनलाई स्वास्थ्य मन्त्रालयले स्पष्टिकरण सोधेको तथा त्रिवि शिक्षण अस्पताललगायतमा काम गर्ने स्वास्थ्यकर्मीलाई प्रहरीले कुटपिट गरेका खबरहरू पनि आएका थिए।
शर्माले कोरोना महामारीलाई तेस्रो विश्वयुद्धको रूपमा संकेत गर्दै युद्धका कमाण्डर स्वास्थ्यकर्मी भएको पनि बताएका छन्। ‘आजको तेस्रो विश्वयुद्धका कमान्डर स्वास्थ्यकर्मीहरू हुन्,’ शर्माले भनेका छन्, ‘कमाण्ड गर्नेले लड्छ पनि, बोल्छ पनि।‘
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।