आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

स्थापना दिवसमा नेबि संघ कास्कीले बाड्यो प्रहरीलाई पानी, विद्यार्थीलाई राहत

स्थापना दिवसमा नेबि संघ कास्कीले बाड्यो प्रहरीलाई पानी, विद्यार्थीलाई राहत

  • आइतवार, बैशाख ७ २०७७

  • 4.7K
    SHARES

  • कास्की–नेपाल विद्यार्थी संघको ५१ औं स्थापना दिवसको अवसरमा बैशाख ६ गते देशभर विभिन्न ठाउँमा राहत बितरण, चोक चोकका सुरक्षाकर्मीलाई र प्रहरी कार्यालयमा पानी बितरण लगायतका अन्य कार्यक्रमहरु सामाजिक दुरी कायम गरि मनाइएको थियो।

    सो अवसरमा कास्कीमा पनि नेपाल विद्यार्थी संघले ड्युटीमा बसेका प्रहरीलाई पानी बाडेर, मुख्य प्रहरी कार्यालयहरुमा पानी हस्तान्तरण गरेर र केही मर्कामा परेका विद्यार्थीलाई राहत बितरण गरेर मनाएको नेवि संघ कास्कीका नेता बिपिन पौडेलले हामीलाई जानकारी दिए।

    उक्त कार्यक्रममा नेवि संघ पुर्ब केन्द्रीय सदस्य (सरोज केसी, गोपाल गुरुङ) कास्की निवर्तमान सभापति विकास थापा, जनप्रिय क्याम्पसका स्ववियू सभापति आशिक गुरुङ, नेवि संघ कास्कीका नेता डिफान भुजेल, बिजय घिमिरे र बिपिन पौडेल सहभागी भएका थिए भने नेवि संघका प्रभावशाली नेता एबम युवा पर्यटन ब्यसायी किरण बरालले आर्थिक सहयोग गरेर कार्यक्रम थप प्रभावकारी बनाउन मद्दत गरेका थिए।

    जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीय वडा प्रहरी कार्यालय बैदाम, वडा प्रहरी कार्यालय रामबजार लगायतका विभिन्न प्रहरी कार्यालयहरुमा ५०र५० कार्टुन पानी चोक चोकमा ड्युटी गर्ने प्रहरीलाई दिनु भनेर हस्तान्तरण गरेको थियो भने चोक चोकमा ड्युटी गरेर बसेका सयौं नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई बाँडेको थियो।

    यस्तै नेवि संघ कास्कीका नि बर्तमान सभापति बिकास थापाले लकडाउनको आगामी दिनहरुमा समेत नेवि संघले यस्तै सरसहयोग, मारमा परेका विद्यार्थीलाई राहत बितरण तथा सुरक्षाकर्मीहरुको मनोबल बढाउन विभिन्न कार्यहरू गर्ने प्रतिबद्धता जनाउँदै बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल र बिश्व जगतलाई छिट्टै नै उन्मुक्ति मिलोस भन्ने प्राथना आफुले गरेको र सबैले गर्न आग्रह समेत गरे।

    साथै जनप्रिय क्याम्पसका स्वबियु सभापति आशिक गुरुङले नेपाल विद्यार्थी संघले प्रहरी हाम्रो साथी भन्ने भनाईलाई आफुहरुले यो समयमा आत्मसात गरेर आफुहरुले सक्दो सहयोग गर्ने र प्रहरीलाई स्वयंसेवक चाहिएको खण्डमा नेपाल विद्यार्थी संघलाई सम्झन समेत अनुरोध गरे।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, बैशाख ७ २०७७०३:५४:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend