काठमाडौं – कोरोना भाइरस संक्रमणको त्रास बढिरहेका बेला शनिबार नेपालमा १ जना थप संक्रमित व्यक्ति फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
शुक्रवार मात्र एकैदिन १४ जनामा कोरोना संक्रमण भेटिएका थिए । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार हालसम्म नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ ।
जसमध्ये ३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । २८ जना बिरामीको विभिन्न अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
शनिवार काठमाडौं र बाग्लुङमा गरी २ जना महिला निको भएर घर फर्किएका छन् । गत माघ महिनामै १ जना निको भएर डिस्चार्ज भएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।