काठमाडौं – भारतले प्यारासिटामोल औषधिको निर्यातमा प्रतिबन्ध हटाएको छ ।
कोरोनाभाइरसको प्रकोपको बिचमा शुक्रवारदेखि निर्यातमा खुला गरिएको छ ।
भारतको विदेश व्यापार महानिर्देशनालयले अनुसार शुक्रवारदेखि प्यारासिटामोलको औषधि सामग्रीको निर्यातमा प्रतिबन्धित नरहने जनाएको छ ।
प्यारासिटामोल एउटा दुखाइ कम गर्ने औषधि हो । मार्चमा भारत २६ किसिमको औषधिको निर्यात प्रतिबन्धित गरेको थियो ।
परराष्ट्र मन्त्रालयले अप्रिल ७ मा कोरोनाभाइरस महामारीबाट नराम्ररी प्रभावित भएका देशलाई उचित मात्रामा हाइड्रोक्सिक्लोरोक्विन र प्यारासिटामोल निर्यात गर्न निर्देशन दिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।