शनिवार, बैशाख ६ २०७७
काठमाडौं–सरकारले सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनलाई कारबाही गर्ने भएको छ। कोरोना भाइरसबारे जनतालाई धेरैभन्दा धेरै जानकारी गराएको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पुनलाई कारबाही गर्ने तयारी गरेका हुन्।
कोरोनाभाइरसबारे किन सरकारसँग अनुमति नलिई मिडिया र सामाजिक सञ्जाललाई अभिव्यक्ति दिएको भन्दै उनलाई स्पष्टीकरण सोधिएको छ । टेकु अस्पतालमा सरुवा रोग विशेषज्ञका रूपमा कार्यरत पुनलाई मन्त्रालयमा तानेर जगेडामा राख्ने र आफ्नो विश्वासपात्र डाक्टरलाई त्यहाँ लैजाने स्वास्थ्यमन्त्री ढकालको तयारी रहेको स्रोतको भनाइ छ । आइतबार कार्यालय खुल्नेवित्तिकै उनलाई सरुवाको पत्र दिइने छ।
सरुवा रोग ट्रपिकल अस्पताल टेकुमा कार्यरत डा.पुनले सामाजिक सञ्जालमार्फत कोरोना भाइरसबारे विभिन्न तथ्य सार्वजनिक गर्दै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।