काठमाडौं – संसारभरका देशलाई स्वास्थ्य सम्बन्धी सुझाव दिँदै आएको विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस संक्रमण लगायत अन्य नयाँ–नयाँ रोगबाट बच्न वन्यजन्तुको मासुमा प्रतिबन्ध लगाउन सार्वजनिक आह्वान गरेको छ ।
कोरोना भाइरसको महामारी विश्वमै फैलिन थालेपछि स्वास्थ्य संगठनले वन्यजन्तुको मासुमा प्रतिबन्ध लगाउन सबै देशलाई आह्वान गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
संगठनका प्रमुख डा. टेड्रोस एडहनामले ७० प्रतिशत नयाँ भाइरस जनावरबाटै आएको पाइएकाले वन्यजन्तु मासुको व्यापारमा प्रतिबन्ध लगाउन सार्वजनिक अपिल गरेका छन् ।
चीनको वुहानमा कोरोना भाइरसको महामारी समुद्री जनावरबाट मानिसमा आएको थियो । त्यही भएर पनि जीवजन्तुको मासुको व्यापारमा प्रतिबन्ध लगाउनुपर्ने प्रमुख डा. टेड्रोस एडहनामलले जनाएका छन् ।
‘बजार लाखौं मानिसको लागि भोजनको महत्त्वपूर्ण स्रोत हो । अधिकांश बजारमा स्वच्छताको कमी छ,’ उनले भने, ‘जनावर बिक्री हुने बजारलाई तब मात्र खोल्न अनुमति दिनुपर्छ, जब भोजन र स्वच्छताका सबैले कडाइका साथ पालना हुनुपर्छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।