आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

डोनाल्ड ट्रम्पको अर्काे आत्मघाती कदम ! अमेरिकी भविष्य संकटमा जाँदैछ ?

डोनाल्ड ट्रम्पको अर्काे आत्मघाती कदम ! अमेरिकी भविष्य संकटमा जाँदैछ ?

  • शनिवार, बैशाख ६ २०७७

  • 5.3K
    SHARES

  • काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारी नियन्त्रणमा नआउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘लकडाउन’ खुलाउने तयारीमा छन् । वासिङ्टनस्थित राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बिहीवार नियमित कार्यक्रममा राष्ट्रपति ट्रम्पले कोरोना भाइरसविरुद्धको आक्रामक रणनीतिले काम गरिरहेकाले छिट्टै लकडाउन खुलाउने प्रयास भइरहेको जानकारी दिए । अमेरिकामा छिट्टै लकडाउन समाप्त हुने ट्रम्पले बताएपनि कोरोना भाइरस नियन्त्रणमा आएको छैन । अमेरिकामा दैनिकजसो ३० हजार व्यक्ति संक्रमित हुने गरेका छन् । राष्ट्रपति ट्रम्प कोरोना भाइरसविरुद्धको आक्रामक रणनीतिले काम गरिरहेको बताउँदै लकडाउन खुलाउने प्रयासमा छन् । न्युयोर्क शहरमै मात्र ११ हजार ५ सय ८६ व्यक्ति कोरोना भाइरसका कारण नै निधन भए । यस्तो भयावह अवस्थाविरुद्ध अमेरिका युद्ध लडिरहेको राष्ट्रपति ट्रम्पले बताए । ‘सम्भवतः कोरोना भाइरसको नराम्रो दिन समाप्त हुँदै छ, कोरोनाविरुद्ध हामीहरूको आक्रामक रणनीतिले काम गरिरहेको छ,’ ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘अहिलेको डाटाअनुसार अमेरिकामा धेरै संक्रमित छन् । तर यो संख्या छिट्टै समाप्त हुनेछ ।’ राष्ट्रपति ट्रम्पले अर्थ व्यवस्था सुधार्न नयाँ गाइडलाइन अपनाउनुपर्ने बताए । यही गाइडलाइनअनुसार नै अमेरिकामा लकडाउन खुल्न सक्ने उनको विश्वास छ । राष्ट्रपति ट्रम्पले तीन चरणअनुसार लकडाउन खुल्न सक्ने विश्वास दिलाएका छन् । ‘ओपनिङ अप अमेरिका अगेन’ अर्थात् फेरि अमेरिका खुला हुनेछ । यही सन्देशका साथ आफू अमेरिकामा जारी लकडाउन खुलाउने प्रयासमा रहेको उनले जनाएका छन् । कोरोना फैलिन नदिन लकडाउनलाई मुख्य रणनीतिका रुपमा लिने गरेपनि उनले त्यसैलाई हटाउन खोजेका छन् । यसले ट्रम्पको नेतृत्वमा अमेरिकी भविष्य संकटमा परेको पूर्वानुमान समेत हुन थालेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति ट्रम्पका अनुसार सुरूमा स्कूल र अफिस खुल्नेछन् । यो पहिलो चरण कम्तीमा १४ दिनको हुनेछ । ‘तीन चरणमा लकडाउन खुल्नेछ, सम्बन्धित राज्यका गभर्नरले ती नियम पालनाअनुसारै लकडाउन हटाउने छन्,’ ट्रम्पले भने । ट्रम्पको पहिलो चरणमै स्कूल र अफिसमा सोसियल डिस्ट्यान्स लागू हुनेछ । दोस्रो चरणमा यही नियम राज्यमा लागू गरिने छ । दोस्रो चरणमा ५० भन्दा कम व्यक्ति मात्र जम्मा हुन पाउनेछन् । पहिलो र दोस्रो चरणको सफलतापछि तेस्रो चरणमा अफिस खुल्नेछन् । ट्रम्पले आफूले लामो समयसम्म अर्थ व्यवस्था बन्द गर्न नसक्ने स्पष्ट पारेका छन् । ‘हामी अमेरिकाको अर्थ व्यवस्था लामो समयसम्म बन्द गर्न सक्दैनौं, यसलाई छिट्टै खुलाउनुपर्छ,’ उनले भने । यसैबीच राष्ट्रपति ट्रम्पले सबै राज्यका गभर्नरसँग छलफल गरेको जानकारी दिए । सम्बन्धित राज्यका गभर्नरसँग नागरिकमाथि लगाइएको प्रतिबन्ध हटाउने अधिकार भएको ट्रम्पले बताएका छन् । ‘मैले नागरिकमाथिको प्रतिबन्ध हटाउने सबै जिम्मेवारी गभर्नरलाई दिएको छु,’ उनले भने, ‘ह्वाइट हाउसले केवल निर्देशन मात्र दिन्छ ।’ गभर्नरहरूलाई ह्वाइट हाउसबाट चाहिने सबै सहयोग प्राप्त हुने उनले विश्वास दिलाएका छन् । ‘तपाईंहरू आफूलाई लागेकोजस्तो निर्णय गर्न सक्नुहुन्छ, ह्वाइट हाउसबाट आवश्यक पर्ने सबै सहयोग प्राप्त हुन्छ,’ ट्रम्पले भने । राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आफूहरूलाई कोरोनाविरुद्ध लड्न तयारी गर्न समय नदिएको आरोप लगाएका छन् । ‘डब्ल्यूएचओले हामीलाई कोरोनाविरुद्ध लड्न समय नै दिएन,’ ट्रम्पले भने, ‘अमेरिकालाई मात्र नभएर डब्ल्यूएचओले विश्वलाई भाइरससम्बन्धी पहिला नै जानकारी दिनुपर्ने थियो ।’ डब्लुएचओले जनवरी महिनामा अमेरिकालाई कोरोना भाइरसबाट हुनसक्ने नोक्सानीबारे जानकारी गराएको दाबी गरेको छ । जनवरीमा अमेरिकाले चीनसँगको सबै हवाई सम्बन्धविच्छेद गरेको थियो । मार्चमा अमेरिकाले भाइरसलाई हल्का रुपमा लिएको आरोप डब्ल्यूएचओको रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख ६ २०७७०२:२२:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend