आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ईश्वर पोखरेलको योजनामा केपी ओलीले लगाइदिए ‘ब्रेक’, ओलीको जिद्दीसामु सबैका मुख बन्द !

ईश्वर पोखरेलको योजनामा केपी ओलीले लगाइदिए ‘ब्रेक’, ओलीको जिद्दीसामु सबैका मुख बन्द !

  • शुक्रवार, बैशाख ५ २०७७

  • 6.5K
    SHARES

  • काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउन लम्बिँदै गएपछि हिँडेर घरतिर लागेको सर्वसाधारणको व्यवस्थापनका लागि उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्र्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विकल्पसहित प्लान बनाएका थिए । सञ्चारमाध्यम, सामाजिक सञ्जाल र जनस्तरमा सरकारले सडकमा हिँडिरहेका सर्वसाधारणलाई व्यवस्थापन गर्न नसकेको भनेर आलोचना भइरहेका बेला शुक्रबार उच्चस्तरीय समितिको बैठक बसेर सडकमा रहेका व्यक्तिलाई सम्बन्धित स्थानीय तहसम्म पुर्‍याइदिने निर्णय हुने भनेर समाचारहरू आइरहेका थिए । मन्त्री पोखरेलले सडकमा हिँडिरहेका व्यक्तिको पीडा दर्दनाक भएको भन्दै स्थानीय तहसम्म पुर्‍याउने विकल्प प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राखे । ओलीले सबै मन्त्रीलाई बोलाएर लकडाउन व्यवस्थापनबारे छलफल गरिरहेका थिए । मन्त्री पोखरेलको विकल्पमा ओलीले ब्रेक लगाइदिए । बैठकमा ओलीले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिए । ‘यदि कोही खान नपाएरै गाउँ जान लागेको भए, खाद्यान्न पुर्‍याउने व्यवस्था गर्नुस्, घर पुर्‍याउन सकिँदैन,’ ओलीले बैठकमा राखेको भनाइ उदृत गर्दै स्रोतले भन्यो । बैठकमा उच्चस्तरीय समितिको तर्फबाट मन्त्री पोखरेलले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर सिधै गाउँ पुर्‍याउने विकल्प पेश गरेका थिए । प्रधानमन्त्री ओलीसमक्ष विकल्प पेश हुनुअघि समितिको बैठकमा मन्त्रीहरूले सडकमा हिँडिरहेका व्यक्तिलाई एकपटक गाउँसम्म पुर्‍याउने गरी सकारात्मक छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई निर्देशन दिँदै भनेका छन्, ‘आवतजावत बन्द भनेपछि एक ठाउँबाट अर्को ठाउँमा जानेहरूलाई रोक्नुपर्छ । यदि खान नपाएरै जान लागेका हुन् भने जहाँ बसेका छन्, त्यहीँ खाद्यान्न पुर्‍याउने व्यवस्था गर्नुस् ।’ खाद्यान्नको व्यवस्थापन गर्न स्थानीय तहहरूसँग समन्वय गर्न र सम्बन्धित जिल्लाका सांसदहरूको सहयोग लिन उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएका छन् । तर विभिन्न क्षेत्रका सांसद र जनप्रतिनिधिले सडकमा हिँडिरहेका नागरिकलाई घरसम्म पुर्‍याउनेबारे निर्णय लिन उच्चस्तरीय समितिलाई दबाब दिइरहेका छन् । सांसद र जनप्रतिनिधिको दबाब तथा उच्चस्तरीय समितिको तयारीलाई ब्रेक लगाउँदै ओलीले सबै मन्त्रीलाई चुप लगाइदिएका छन् । ओलीले सडकमा हिँडिरहेका सर्वसाधारणलाई घरसम्म पुर्‍याउन नहुने जिद्दी कसेपछि सबै मन्त्रीको मुख बन्द भएको एक मन्त्रीले जनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख ५ २०७७०३:०३:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend