आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गगनले भनेः जनप्रतिनिधी भन्न पनि लाज लाग्न थाल्यो

गगनले भनेः जनप्रतिनिधी भन्न पनि लाज लाग्न थाल्यो

  • शुक्रवार, बैशाख ५ २०७७

  • 4.1K
    SHARES

  • काठमाडौं– नेपाली कांग्रेसका युवा नेता तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले जनप्रतिनिधी हुँ भन्न पनि लाज लाग्ने अवस्था आएको बताएका छन्। लकडाउनका कारण समस्यामा परेका जनताको आवाज नसुनेको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् ।

    थापाले आफ्नो फेसबुक पेजमा स्टाटस र घर जान हिँडेका व्यक्तिहरूको फोटो पोस्ट गर्दै आफूलाई जनप्रतिनिधि हुँ भनेर भन्न पनि लाज्जाबोध भएको बताएका छन् ।

    कांग्रेस नेता थापाले सडकमा हिँडेका र दुःख पाएका जनतालाई असुरक्षित राखेर आफू मात्रै जोगिनुको कुनै अर्थ नहुने बताएका छन् । लकडाउनबाट अफ्ठ्यारोमा परेका जनताको समस्या समाधानको उपाय मिलेर खोज्न प्रधानमन्त्री ओलीसँग थापाले आग्रह गरेका छन् ।

    ‘प्रधानमन्त्रीज्यू, दिनहुँ यस्ता तस्बिर देख्दा तपाईंलाई कस्तो लाग्छ ?’, कांग्रेसका युवा नेता थापाले प्रश्न गरेका छन्, ‘मलाई त म यिनको जनप्रतिनिधि हो भन्ने सोँच्दा लज्जाबोध हुन्छ ।’ कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका थापाले भनेका छन्, ‘यस्तै हालमा यिनलाई छाडेर हामी जोगिनुको के अर्थ !?’

    ‘केही नगर्ने हो भने यिनको आँसुले पोल्नेछ’, उनले भनेका छन्, ‘यिनको व्यवस्थापनका उपाय छन् । हामी छलफल गर्न चाहन्छौं । बोलाउनुस्, मिलेर काम गरौं ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख ५ २०७७०९:१८:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend