शुक्रवार, बैशाख ५ २०७७
काठमाडौं–नेपाल तरुण दलले बाटोमा अलपत्र परेकाहरुलाई घर पुराउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ। शुक्रबार विज्ञप्ती जारी गर्दै तरुण दलले सम्पूर्ण मजदुरहरुको खान, बस्न र उनीहरुको गन्तव्यमा पुग्न आवश्यक प्रबन्ध मिलाउन सरकारसँग माग गरेको हो।
‘लकडाउनका समयमा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुर वर्गहरु मारमा पर्छन । त्यसैले उनीहरुका निम्ति आवश्यक राहातको प्रबन्ध गराउनका लागि लकडाउन सुरु भए देखिनै हामीले पटक पटक ध्यानाकर्षण गराउदै आएका थियौ तर सरकार भने यो कार्यमा पनि चुकेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘जसका कारण मजदुरहरुलाइ खान, बस्न समस्या भई केही हिडेरै आफनो घर पुगेका छन् केही बाटोमा अलपत्र परेका छन् भने केही कार्यस्थलमा नै कष्टपूर्ण जीवन बिताउन बाध्य छन् । त्यसैले यी सम्पूर्ण मजदुरहरुको खान, बस्न र उनीहरुको गन्तव्यमा पुग्न आवश्यक प्रबन्ध मिलाउन फेरी पनि सरकारसँग नेपाल तरुण दल जोड्दार माग गर्दछ ।’
तरुण दलले महामारीका बेला कांग्रेस र सम्पूर्ण भाृतसंस्थाहरुले सहयोग गरिरहेका बेला सरकार भने आफनो जिम्मेवारीबाट बिमुख हुँदै र वर्तमान समयका लागि अनावश्यक गतिविधिमा रुमल्लिरहेको भान परेको बताएको छ। ‘माहामारी संकटको यो समयमा परिक्षणको दायरालाई तीब्र गतिमा अगाडी बढाउनु पर्ने बेला सरकार भने आफना कार्यकर्तालाई जागिर दिनका लागि विभिन्न आयोगमा नियुक्त गर्दै रमाइरहेको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘यस्तो संवेदनशील घडीमा भएका यस्ता अनावश्यक र गैर जिम्मेवार क्रियाकलापको घोर निन्दा गर्दै आगामी दिनमा यस्ता गतिविधि नगर्न ध्यानाकर्षण गराउदछौ ।’
तरुण दलकाले देशभरका सबै जिल्लामा राजमार्गमा हिडेर आफनो गन्तव्यमा गइरहेका मजदुरहरुका लागि ठाउँ ठाउँमा खाना, पानी र विश्राम स्थलको व्यवस्था गरी यात्रामा सहजता प्रदान गर्न निर्देशन समेत दिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।