आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

लकडाउन कडाइ गर्न नेपाली सेना परिचालन गर्ने निर्णय

लकडाउन कडाइ गर्न नेपाली सेना परिचालन गर्ने निर्णय

  • शुक्रवार, बैशाख ५ २०७७

  • 6.3K
    SHARES

  • काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारी रोक्न सरकारले घोषणा गरेको लकडाउनको उल्लंघन बढेपछि भैरहवामा नेपाली सेना परिचालन गर्ने निर्णय भएको छ । भारतसँग सीमा जोडिएको क्षेत्रमा लकडाउनको पूर्ण पालना गराउन सेना परिचालन गर्नुपरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । स्थानीय वासिन्दाले जनप्रतिनिधि र प्रहरीको आग्रहलाई अटेर गरेका कारण जोखिम रोक्न सेना परिचालन गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) महादेव पन्थले बताएका छन् । सेनाले आवश्यकता अनुसार नेपाल प्रहरीसँगको समन्वयमा चेकजाँच पनि गर्न सक्ने भएको छ । ‘नगरपालिका र नेपाल प्रहरीले बारम्बार माइकिङ गरेर पसल नखोल्न बारम्बार अनुरोध गर्दा पनि अटेर गरिएपछि सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेना परिचालन गरिएको हो,’ सीडीओ पन्थले भने, ‘भारतीय बजार सुनौलीलगायत खुल्ला सिमानाका कारण कोरोना भाइरस संक्रमणको जोखिम रोक्न सेना परिचालनले सहयोग पुग्ने छ ।’ प्रशासनको निर्देशन पाएपछि सेनाले शहरको मुख्य बजार क्षेत्रमा गएर पसल बन्द गर्न निर्देशन दिएको छ । लकडाउन अवधिभर नेपाली सेनाको गस्ती टोलीले भैरहवाका मुख्य–मुख्य चोकहरूमा नियमित गस्ती गर्ने भएको छ । भैरहवाको मुख्य सडक क्षेत्र, बुद्धचोक, देवकोटा चोक, मिलनचोकलगायत क्षेत्रमा बिहीवार नेपाली सेनाले गस्ती समेत गरेको छ । सेनाले एम्बुलेन्स, सुरक्षा निकायका गाडी, खाद्यान्न तथा तरकारी बोकेका गाडी, फोहोर उठाउने गाडी, दूध डेरीका गाडी, प्रेसबाहेक अन्यलाई कडाइका साथ रोकिरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख ५ २०७७०४:००:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend