आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना संक्रमणबाट एक जना भूपू गोरखा सैनिकको मृत्यु

कोरोना संक्रमणबाट एक जना भूपू गोरखा सैनिकको मृत्यु

  • शुक्रवार, बैशाख ५ २०७७

  • 5.5K
    SHARES

  • काठमाडौं – कोरोना भाइरस संक्रमणबाट बेलायतमा थप १ पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापा मगरको उपचारका क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा कठिनाइ देखिएपछि उनलाई गत मंगलवार किङस्टन अस्पतालमा भर्ना गरिएको थियो । थापालाई भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । पाल्पा स्थायी घर भएका थापाले पछि बुटबल बसाइसराई गरेका थिए । पहिलेदेखि पिसाबथैलीको र उच्चरक्तचाप समस्याको नियमित औषधि खाँदै आइरहेका थापालाई ज्वरोसमेत देखिएपछि अस्पताल भर्ना गरिएको पाल्पा जिल्ला समाजका अध्यक्ष बाचस्पति रेग्मीले बताएका छन् । अध्यक्ष रेग्मीका अनुसार थापा सन् २००९ देखि बेलायतमा पत्नीसहित बस्दै आएका थिए । बेलायतमा कोरोनाका कारण यसअघि समेत नेपालीको मृत्यु भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख ५ २०७७०३:५१:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend