विराटनगर – भारतबाट फर्किएको २४ दिनपछि मोरङकी युवतीमा कोरोना भाइरस संक्रमणको एन्टीबडी ‘पोजेटिभ’ देखिएको छ ।
बिहीवार र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा बुढीगंगा गाउँपालिका–१ की २७ वर्षीया युवतीमा कोरोना एन्टीबडी ‘पोजेटिभ’ देखिएको छ ।
वडाध्यक्ष युवराज पौडेलले ती युवती अर्का एक साथीसँगै बैंगलुरुबाट चैत १० गते घर आएकी बताए । उनी घर आएदेखि होम क्वारेन्टाइनमा बसिरहेकी थिइन् ।
युवतीलाई कोशी अस्पताल विराटनगरको आइसोलेसन वार्डमा भर्ना गरिएको छ । अस्पतालले युवतीमा कोरोना रहेको वा नरहेको यकिन गर्न प्रयोगशाला परीक्षण गर्ने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले एक जनामा र्यापिड टेस्ट गर्दा पोजेटिभ देखिएको जानकारी आफूलाई आएको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।