आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेविसंघले लियो गज्जबको निर्णय, डेरामा बसेका विद्यार्थीलाई सहयोग गरी स्वर्ण महोत्सव मनाउने

नेविसंघले लियो गज्जबको निर्णय, डेरामा बसेका विद्यार्थीलाई सहयोग गरी स्वर्ण महोत्सव मनाउने

  • बिहिवार, बैशाख ४ २०७७

  • 3.9K
    SHARES

  • काठमाडौं– नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले अध्ययनका लागि डेरामा बसेका विद्यार्थीहरुलाई सहयोग गरेर स्वर्ण महोत्सव मनाउने भएको छ । अध्यक्ष राजीव ढुँगानाले बिहीबार सर्कुलर जारी गर्दै जिल्ला समिति र क्याम्पस इकाईलाई डेरामा बसेका विद्यार्थीलाई सहयोग गर्न निर्देशन दिएका छन्।

    वैशाख ६ गते नेपाल विद्यार्थी संघ स्थापना भएको ५० वर्ष पूरा गरी ५१ वर्षमा प्रवेश गर्दै छ । कोरोना भाइरसका कारण डेरामा रहेका विद्यार्थी समस्यामा रहेको भन्दै नेविसंघले यस वर्ष ती विद्यार्थीलाई सहयोग गरेर स्वर्ण महोत्सव मनाउन लागेको संघका महामन्त्री वलदेव तिमल्सिनाले बताए।

    त्यस्तै, सामाजिक सन्जालमार्फत् कोरोनाविरुद्ध जनचेतना फैलाउने, रक्तदान कार्यक्रम गर्ने र संघका नेता, कार्यकर्ता, मातहतका निकाय तथा मातृ पार्टीसँग भर्चुअल अन्तरक्रिया गर्न पनि परिपत्र गरिएको महामन्त्री तिमल्सिनाले बताए ।

    रक्तदान, राहत वितरण, सचेतना अभियान लगायतका कार्यक्रम स्थानीय प्रशासनसँग समन्वय गरी सामाजिक दूरी कायम गरेर आयोजना गर्न संघका अध्यक्ष राजीव ढुंगानाले सर्कुलर गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख ४ २०७७०३:१०:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend