आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सरकारमाथि नेपाली जनताको आश–भरोसा मरिसकेको छ : युवा नेता महर्जन

सरकारमाथि नेपाली जनताको आश–भरोसा मरिसकेको छ : युवा नेता महर्जन

  • बिहिवार, बैशाख ४ २०७७

  • 5.1K
    SHARES

  • काठमाडौं – नेपाली कांग्रेस युवा नेता खेलकुद विभाग सदस्य सचिव, राष्ट्रिय खेलकुद परिषद् पूर्व कोषाध्यक्ष एवं कराँतेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका मीनकृष्ण महर्जनले सरकारप्रति नेपाली जनताले आश–भरोसा गर्न छोडिसकेको बताएका छन् । कम्युनिस्ट सरकार एकपछि अर्को काण्डैकाण्डमा फस्दै गएका कारण पनि नेपाली जनताले विश्वास गर्न छोडेको उनले बताए । चुनावको बेलामा मिठामिठा भाषण गरेर झुटा आश्वासन दिएर नेपाली जनताको अमूल्य मत लिएर झुक्याउने काम गरेको र नेपाल जनतालाई आपतविपत परेको बेलामा पनि कमिसनको चक्करमा लागेर कम्युनिस्ट सरकार असफल भइसकेको उनले बताए । ‘यो कम्युनिस्ट सरकारका कारण पनि सम्पूर्ण राजनीतिक दलमाथि नेपाली जनताको विश्वास गुम्दै गएको छ,’ युवा नेता महर्जनले भने, ‘सरकारले समयमै विवेक पुर्‍याएको भए अहिले नेपालमा यस्तो भयावह अवस्था सिर्जना हुने थिएन ।’ विदेशमा कोरोनाका कारण भटाभट मान्छेको मृत्यु भइरहेको अवस्थामा समयमै नेपालको सीमा बन्द गरेर विदेशबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखेको भए आज नेपाली जनता कोरोनाबाट मुक्त रहेको अवस्था हुने नेता महर्जनले बताए । ‘यो सरकारसँग न भिजन छ, न मिसन छ, न कुनै योजना नै छ । दुईतिहाइ कम्युनिस्ट सरकार हुँदाखेरी पनि जनचाहना अनुसार काम गर्न सकेको छैन,’ उनले भने, ‘अहिले पनि छिमेकी राष्ट्र भारतबाट लुकीछिपी नेपाल छिरिरहेको अवस्था छ, त्यतातिर सरकारको नजर पुगेको छैन ।’ नेपालका सांसदले पनि अरु देशमा जस्तो कम्तिमा १ वर्षको सांसद कोषको रकम आकस्मिक राहत कोषमा राख्नुपर्ने उनले सुझाव दिए । ‘अहिले पहिलो प्राथमिकता भनेकै नेपाली जनाताको जिउज्यानको सुरक्षा गर्नु हो । त्यसपछिको भनेको विकास हो । किनकी बाँचे थोक देख्न पाइन्छ,’ उनले भने । महर्जनसहित कांग्रेसका युवा नेता तथा पूर्व अर्थ राज्यमन्त्री उदयशम्शेर राणा, नेता ऋषिराम घिमिरेले ललितपुरको गोदावरी नगरपालिका, बागमती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका, महाँकाल गाउँपालिकाको आकस्मिक राहत कोषमा राहत स्वरुप नगद हस्तान्तरण गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख ४ २०७७०४:५९:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend