आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

काभ्रेका २ युवकमा पुष्टि भएन कोरोना, र्‍यापिड किटको जाँच गलत !

काभ्रेका २ युवकमा पुष्टि भएन कोरोना, र्‍यापिड किटको जाँच गलत !

  • बुधवार, बैशाख ३ २०७७

  • 4.9K
    SHARES

  • काठमाडौं – कोरोना भाइरस संक्रमित व्यक्तिको पहिचान गर्न कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभर प्रयोग गरिरहेको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटको जाँच गलत रहेको अर्काे तथ्य पाइएको छ । काभ्रेमा मंगलवार गरिएको र्‍यापिड टेस्टमा कोरोना संक्रमणको एन्टीबडी ‘पोजेटिभ’ देखिएपनि प्रयोगशाला परीक्षणमा ती युवामा कोरोना भेटिएन । बुधवार धुलिखेल अस्पतालमा गरिएको प्रयोगशाला परीक्षणमा ती दुवै युवाको रिपोर्ट ‘नेगेटिभ’ आएको अस्पतालका चिकित्सकले जनाएका छन् । काभ्रेको मण्डनदेउपुर नगरपालिका र बेथानचोक गाउँपालिकाका बासिन्दा गरी २ युवकमा आरडीटी विधिबाट परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको थियो । त्यसपछि थ्रोट स्वाब संकलन गरी प्रयोगशाला परीक्षणका लागि धुलिखेल अस्पतालमा पठाइएको थियो । यसअघि बाग्लुङ र कैलालीकी महिलामा समेत र्‍यापिड किटले गलत नतिजा देखाएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख ३ २०७७०२:४२:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend