आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गोरखामा र्‍यापिड टेस्ट गर्दा १ युवामा कोरोना ‘पोजेटिभ’

गोरखामा र्‍यापिड टेस्ट गर्दा १ युवामा कोरोना ‘पोजेटिभ’

  • बुधवार, बैशाख ३ २०७७

  • 3.1K
    SHARES

  • गोरखा – जिल्लामा भएको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षणको क्रममा गोरखाको आरुघाटका १ जनामा कोरोना भाइरस संक्रमण ‘पोजेटिभ’ देखिएको छ । मंगलवार जिल्ला स्वास्थ्य कार्यालय गोरखा र आरुघाट गाउँपालिकाको स्वास्थ्य इकाइले आरडीटी प्रविधिमार्फत एन्टीबडी जाँच गर्दा आरुघाट गाउँपालिका–५ का १ जनाको पोजेटिभ देखिएको गाउँपालिकाले जनाएको छ । आरुघाट गाउँपालिकामा विदेशबाट आएका ३९ जनामध्ये २० जनाको आरडीटी प्रविधिमार्फत एन्टीबडी जाँच गरिएको थियो । ‘स्वास्थ्यकर्मीले १ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ भन्नुभएको थियो,’ गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले भने, ‘उनको स्वाब परीक्षण गर्न पठाइएको छ । अब २ दिनपछि रिपोर्ट आएपछि मात्र कोरोना भाइरस पोजेटिभ भए/नभएको यकिन हुनेछ ।’ संक्रमण देखिएका व्यक्ति गत फागुन २२ गते बहराइनबाट नेपाल आएका अध्यक्ष दाहालले बताए । आरुघाट गाउँपालिकाकै अर्का १ युवाको पनि रिपोर्ट शंकास्पद देखिएको अध्यक्षले बताए । उनको पनि स्वाब पठाइएको उनले बताए । दुवै युवालाई आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखिएको छ भने परिवारलाई होम क्वारेन्टाइनमा राखिएको अध्यक्ष दाहालले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख ३ २०७७०२:३९:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend