आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओली सरकारले गर्‍यो नेपाल–भारत सीमामा अनिश्चितकालीन नाकाबन्दी

ओली सरकारले गर्‍यो नेपाल–भारत सीमामा अनिश्चितकालीन नाकाबन्दी

  • मंगलवार, बैशाख २ २०७७

  • 4.6K
    SHARES

  • काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल–भारत सीमा नाकामा अनिश्चितकालीन नाकाबन्दी गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भारत र चीनसँगका सीमानाका अनिश्चितकालीन बन्द गर्ने निर्णय गरेको छ । यसअघि सरकारले निश्चित समयावधि तोकेर सीमानाका बन्द गर्दै आएको थियो । भारतमा कोरोना भाइरस संक्रमण बढिरहेको सन्दर्भमा सरकारले नेपालभित्र प्रवेश निषेध गर्दै नाकाबन्दी गर्दै आएको छ । सरकारले लकडाउनलाई १२ दिन थप्ने निर्णय समेत गरेको छ । लकडाउनको समयमा पनि संक्रमित व्यक्ति भारतबाट नेपाल प्रवेश गरेको पाइएपछि सरकारले सीमामा थप कडाइ गर्ने निर्णय समेत गरेको छ । कञ्चनपुर र रौतहटमा भेटिएका संक्रमित युवा लकडाउन घोषणा भएपछि पैदल यात्रा गरेर नेपाल प्रवेश गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख २ २०७७०३:०७:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend