मंगलवार, बैशाख २ २०७७
काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले पश्चिम नवलपरासीमा रामग्राम नगरपालीकाले चरम लापरवाही गरी बितरण गरेको खाद्यन्न सामाग्री प्रकरण बारे अनुसन्धान थालेको छ ।
नगरपालिकाले बितरण गरेको राहत सामाग्रीमा कुहिएको भेटिए पछी छानविन थालिएको हो। प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यलय भैरहवाका खाद्य निरीक्षक श्रवण कुमारको ढुंगानाको टोलिमा आएको नेतृत्वले बितरण गरेको खाद्यान्नको नमुना संकलन गरि अनुसन्धान सुरु गरि गरेको हो। अनुसन्धानको केही दिनमा नतिजा आउने र परिक्षणको नजिता आए पछि कार्वाही प्रक्रिया बड्ने खाद्य बस्तुको गुणस्तरीयतामा अनियमिता भेटिएमा कारबाही हुनेछ। गल्ती भेटिए अधिकतम ५० हजार रुपैयाँ र ५ बर्ष सम्म कैद व्यवस्था छ।
नगरपालिकाले बिरतण गरेको खाद्यान्नमा गुणस्तर तथा नापतौल कार्यलय बुटवलक कार्यलय सहायक नुरुल ऎन भाटको नेतृत्वमा आएको टोलिले नापजाँच गर्दा खाद्यान्नको तौलमा कमि भएको र कार्यलयले कार्वाही गर्न नमिल्ने कार्वाहीका लागि अदालतमा मुद्दा दायर हर्ने बताए । नापतौलमा भएको लापरबाही हेरिकन अधिकतम ३० हजार रुपैया र तीन बर्ष सम्म कैदी हुने व्यवस्था छ ।
अख्तियारको टोलीले परासी पुगेर जिल्ला प्रशासन कार्यालय , घरेलु तथा साना उद्योग कार्यालय, उद्योग बाणीज्य संघ , उपभोक्ता हित संरक्षण मञ्च तथा पत्रकारहरुको रोहोबरमा नमुना संकलन गरेर अनुसन्धान थालेको थियो ।
गरपालिकाले परासी स्थिति राजेस राइस मिल बाट २५० क्विन्टल प्रती केजी ४० रुपैयामा खरिद गरि ५ जना सम्मको परिवारलाई १० केजी र २ जना सम्मको परिवारलाई ५ केजीको प्याकेजमा र १ केजी दाल,आधा लिटर तेल,आधा केजि सोयाविन र २ वटा साबुन वितरण गरेको थियो । वितरण गरेको चामलमा १० केजीमा १ केजी र ५ केजीको प्याकेजमा आधा केजी कम भएको भेटिएको थियो । यता राहत सामाग्री बारे व्यापक बिरोध आएपछि बितरण भएको ८ वटा वडा मध्ये ७ वटा वडाहरुले लिखित रुपमै नगरपालीकालाई परिपत्र गरी राहत सामाग्री फिर्ता गरेको छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।