आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रचण्ड बने केपी ओलीसामु निरीह, ‘कार्यकारी अध्यक्ष’ नाम मात्रै !

प्रचण्ड बने केपी ओलीसामु निरीह, ‘कार्यकारी अध्यक्ष’ नाम मात्रै !

  • मंगलवार, बैशाख २ २०७७

  • 6.3K
    SHARES

  • काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरस संक्रमणविरुद्ध लड्न सर्वदलीय उच्चस्तरीय संयन्त्र गठन हुनुपर्ने माग राखे । इमेल टेलिभिजनसँगको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले सरकारले एक्लैले कोरोनासँग लड्न नसक्ने भएकाले सबै दललाई मिलाउनुपर्ने बताए । पार्टीका कार्यकारी अध्यक्ष रहेका प्रचण्डको यो बोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडै अस्वीकार गरिदिए । उनले सरकारले काम गरिरहेकाले सर्वदलीय संयन्त्र नचाहिने स्पष्ट पारे । ओलीले बोलेपछि प्रचण्ड अब निरीह बनेका छन् । सोमबार प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा बोल्दै संयन्त्र बनाउने कुरा प्रधानमन्त्रीको स्वविवेकमा भर पर्ने बताए । ‘कोरोना संक्रमणविरुद्ध लड्न सबै दल एकबद्ध हुन संयन्त्रको कुरा गरेपनि प्रधानमन्त्रीले अस्वीकार गरे,’ प्रचण्डले अन्तर्वार्तामा भने, ‘संयन्त्र गठन गर्ने विषय प्रधानमन्त्रीको अधिकार भएकाले अब त्यसमा थप बहस गर्न आवश्यक छैन ।’ नेकपामा पार्टीले सरकार चलाउने कि सरकारले पार्टी चलाउने भन्ने बहस चलिरहन्छ । उच्चस्तरीय संयन्त्र बनाउने विषयमा समेत पार्टीका कार्यकारी अध्यक्ष भनिएका प्रचण्डको धारणा सिधै खारेज भएको छ । प्रचण्ड निरीह देखिएका छन् । अन्तर्वार्तामा प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नै ५ वर्ष प्रधानमन्त्री रहने विषयमा शंका नगर्न समेत आग्रह गरेका छन् । उनले भने, ‘ अहिले म प्रधानमन्त्री बन्ने दौडमा छैन र त्यस्तो कुनै आवश्यकता पनि छैन ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, बैशाख २ २०७७०२:००:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend