आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना भेटिएपछि मुस्लिम क्षेत्रमा सीडीओको कडा ‘एक्सन’

कोरोना भेटिएपछि मुस्लिम क्षेत्रमा सीडीओको कडा ‘एक्सन’

  • आइतवार, चैत्र ३० २०७६

  • 3.5K
    SHARES

  • वीरगञ्ज – कोरोना भाइरस संक्रमण भएका नयाँ ३ जना व्यक्ति भेटिएको वीरगञ्ज महानगरपालिका–२ छपकैया र आसपासको क्षेत्रमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले कडा एक्सन लिएका छन् । भाइरसको संक्रमण फैलिन नदिन छपकैया र आसपासका क्षेत्रलाई शिलबन्दी गरिएको छ । सीडीओ विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले छपकैया र आसपासको क्षेत्रलाई शिलबन्दी गर्ने निर्णय गरेको छ । कोरोनाको संक्रमण फैलनबाट रोक्न शिलबन्दी जरुरी देखिएकाले छपकैया क्षेत्रका पूर्वतर्फ वडा नम्बर १६ र २, दक्षिणतर्फ वडा नम्बर २, पश्चिमतर्फ वडा १ तथा उत्तरतर्फ वडा नम्बर ३ का भागहरू समेत समेटिने गरी शिलबन्दी गर्ने निर्णय गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिको पहिचान गरेर र्‍यापिड टेस्ट किटमार्फत परीक्षण गर्ने निर्णय समेत समितिको बैठकले गरेको छ । बैठकले संक्रमितको संसर्गमा आएका व्यक्ति र गएका स्थानको पहिचान गरी ‘कन्ट्याक्ट ट्रेसिङ’को कामलाई तीब्रता दिने निर्णय पनि गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताएका छन् । ‘पहिला कन्ट्याक्ट ट्रेसिङमार्फत सम्पर्कमा ल्याउने हो । त्यसपछि उनीहरूको र्‍यापिड टेस्ट किटबाट परीक्षण गर्ने भन्ने निर्णय भएको छ,’ उनले भने ‘टेस्ट किटबाट आएको नतिजा अनुसार के गर्ने भन्ने निर्णय हुन्छ ।’ वीरगञ्ज महानगरपालिका–२ छपकैयास्थित मस्जिदहरूमा रहेका २६ जना भारतीय नागरिकको नारायणी अस्पतालबाट थ्रोट स्वाब संकलन गरी हेटौंडास्थित प्रदेशस्तरीय प्रयोगशालाको ल्याबमा बिहीवार परीक्षणका लागि पठाइएको थियो । जसमध्ये ३ जनामा कोरोना ‘पोजेटिभ’ देखिएपछि पुनः जाँचका लागि शनिवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । टेकुबाट समेत पोजेटिभ देखिएपछि वीरगञ्ज–२ छपकैयामा रहेका मस्जिद तथा मुस्लिम समुदायको बाक्लो बसोबासलाई समेत केन्द्रित गरी वडालाई शिलबन्दी गर्ने निर्णय गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र ३० २०७६०२:५४:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend