आइतवार, चैत्र ३० २०७६
काठमाडौं– नेपाल तरुण दल सुर्खेतका अध्यक्ष अध्यक्ष हरि विष्टले संकटका बेला ठूलो हृदय देखाएका छन्। मुलुक कोरोना भाइरससँग जुधिरहेको छ। यो बेला उनी विपन्नका साथी बनेका छन्। लकडाउनका कारण दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्नेहरुमा खाध्यान्न अभाव देखिएसँगै विष्ट सक्रिय बनेका छन्। उनले बेखर्चीलाई खर्च र विपन्नलाई खाद्यन्न सहयोग गर्दै आएका छन्।
लकडाउनका कारण खाद्यान्न समस्या भोगिरहेका नागरिकलाई तरुण दलले स्थानीय सरकारमार्फत वितरण गर्नका लागि खाद्यान्न सहयोग गरेको छ। तरुण दलले दिएको खाद्यान्न स्थानीय तहहरुले समस्यामा रहेका आफ्ना नागरिकलाई राहतका रुपमा वितरण गर्नेछन् । लकडाउनका कारण बिहान–बेलुकाको छाक टार्न समेत गाह्रो परेका मजदुर तथा अन्य वर्गका लागि खाद्यान्न सहयोग गरिएको विष्टको भनाइ छ।
राहत वितरणका लागि सरकारले एकद्वार प्रणाली बनाएकाले स्थानीय सरकारमार्फत नै नागरिकलाई खाद्यान्न सहयोग गरिएको उनले बताए ।
उनका अनुसार स्थानीय तहमा रहेका तरुण दलको कार्यसमितिसँग पनि यो सहयोगका लागि समन्वय गरिएको छ । योसँगै सहयोग गर्न चाहने अन्य दाताहरुको सहयोग संकलन गरी खाद्यान्न सहयोग गरिएको विष्टले बताए ।
पहिलो चरणमा चिङ्गाड गाउँपालिकामा सहयोगस्वरुप खाद्यान्न बुझाइएको छ । शुक्रबार ३० क्वीन्टल चामल, २०० लिटर खाने तेल र २०० किलो नुन चिङ्गाड गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
चिंगाड गाउँपालिकामा दिइएको सहयोगमध्ये तेल र नुन भने तरुण दल सुर्खेतका अध्यक्ष विष्ट र महाधिवेशन प्रतिनिधि डोरप्रसाद शर्माको तर्फबाट दिइएको हो । यही परिमाणमा अरु ८ वटा स्थानीय तहमा पनि सहयोग गरिने तरुण दल सुर्खेतका अध्यक्ष बिष्टले जानकारी दिए ।
विष्टले खाद्यन्नको अभाव झल्दै आएकाहरुको दैलोमै पुगेर खाद्यन्न वितरण समेत गरिरहेका छन्।मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।