काठमाडौं – कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी मान्छेको मृत्यु हुने देशको सूचीको पहिलो नम्बरमा अमेरिका पुगेको छ ।
कोरोना महामारी सुरू भएयता अमेरिकामा २० हजार बढी व्यक्तिको ज्यान गएपछि अमेरिका इटालीलाई पछि पार्दै शनिवार मृतक संख्याको सूचीको पहिलो नम्बरमा पुगेको छ ।
कोरोना भाइरस संक्रमितको संख्यामा अमेरिका यसअघि नै पहिलो नम्बरमा पुगेको थियो । इटालीमा कोरोनाका कारण हालसम्म १९ हजार ४६८ जनाको मृत्यु भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २ हप्ता संक्रमणले ल्याउने कठिन परिस्थितिका लागि तयार रहन अमेरिकनलाई आग्रह गरेका थिए । अमेरिकी सरकारले संक्रमणबाट १ लाखदेखि २ लाख ४० हजार नागरिकले ज्यान जाने अनुमान गरेको छ ।
हालसम्म अमेरिकामा ५ लाख २० व्यक्तिमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा सबैभन्दा बढी संक्रमित न्यूयोर्क राज्यमा भेटिएका छन् । न्यूयोर्कमा १ लाख ८० हजार बढी जनामा कोरोना संक्रमण भेटिएको छ ।
शनिवार मात्रै अमेरिकाभर २ हजार जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । संक्रमणबाट अमेरिकामा एकैदिन यतिधेरै जनाको मृयु भएको समेत शनिबार पहिलो पटक हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।