आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सरकारी र निजी अस्पतालको खबरदारीमा उत्रियो नेविसंघ, बिरामी सघाउन निगरानी गर्ने

सरकारी र निजी अस्पतालको खबरदारीमा उत्रियो नेविसंघ, बिरामी सघाउन निगरानी गर्ने

  • शनिवार, चैत्र २९ २०७६

  • 4.8K
    SHARES

  • काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) कास्कीका निवर्तमान सभापति तथा कास्की कांग्रेसका युवा नेता बिकास थापाले गण्डकी प्रदेश र पोखरा आसपासक क्षेत्रमा नियमित रुपमा विगत केही समयदेखि स्वास्थ्य सेवाका विषयलाई लिएर धेरै सेवाग्राही र बिरामीले गुनासो र सम्पर्क गरिरहेको हुँदा नेविसंघ जनताको दुःखसुखको पहरेदार बन्दै खबरदारी गर्ने जनाएका छन् । महामारी र विपत्तीको घडीमा सबै निकाय जिम्मेवार र कर्तव्यबोधका साथ अघि बढ्नुको कुनै विकल्प नरहेको बताउँदै नेता थापाले जनताले निरन्तर पाउने सेवा र सुविधा अर्थात नियमित हुने सुत्केरी, शल्यक्रिया लगायत बिरामीलाई सेवा दिनु सरकारी मात्रै नभई निजी अस्पतालको समेत दायित्व रहेको बताएका छन् । नेता थापाको नेतृत्वमा शुक्रबार कास्कीमा भएको विद्यार्थीको बैठकले अस्पताललाई नजिकबाट नियाल्दै दुःखमा परेका व्यक्तिलाई साथ दिने र सरकारले जारी गरेको नियमलाई उल्लंघन गरे प्रशासनलाई जानकारी गरेर पोखराका अस्पतालहरूमा नियमित निगरानी एवं खबरदारी गर्न नेविसंघको टोली बनाइएको छ । पछिल्ला २ दिन पोखरा आसपासका अस्पताल र विज्ञको नजिक बसेर केही समीक्षा गर्दा निजी, सरकारीका स्वास्थ्यकर्मीलाई आवश्यक स्वास्थ्य सामग्रीसहित मनोबल उच्च राख्ने गरी कार्य गर्नु अपरिहार्य रहेको कुरा विद्यार्थी नेता थापाले बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै शनिबार नेता थापाले कोरोना महामारीको समयमा निजी अस्पताल र सरकारी अस्पताल समन्वय गरेर कसरी अगाडि बढ्ने भन्ने विषयमा भनेका छन्, ‘निजी अस्पतालका सञ्चालकहरू दुःख नमान्नुहोला, खबरदारी गर्नु, गुनासो गर्नु, भएका गल्ती सुधारको बाटो देखाउनु अपराध हुन सक्दैन । फेरि नेविसंघ यस्तै कालरात्रीहरू चिर्दै उज्यालो छरेको गौरवशाली संगठन हो । यसको अगुवाइ हिजो रामेश्वर, कुशेश्कर, राम, लिला, गणेशमानजी, किशुनजीले गरेका थिए, आज हामी छौं, भोलि फेरी अरु कोही आउलान् तर यसको स्वभाव, उद्देश्य, दायित्व, काम, कर्तव्यमा कुनै कमी आउने छैन । बीपी, सुवर्णका कार्यकर्ता हुँदा आजीवन गर्व गर्ने प्रस्तुत गर्छु ।’ उनले अगाडि लेखेका छन्, ‘गण्डकी प्रदेशमा यी सबै पक्षहरूको बीचमा समन्वय गर्ने, सहकार्य गर्ने, सबैलाई हातेमालो गरी सँगै लगेको देखिएन । यो जिम्मेवारी कसको हो सायद पदीय जिम्मेवार व्यक्ती र सरकारकै त होला नि हैन र ? गण्डकी प्रदेश र पोखरा आसपासलाई मध्यनजर गर्दै कोरोना विशेष अस्पतालका रूपमा आवश्यक पूर्वाधार तयारीका साथ यसरी ३ ठाउँ चयन गरौ – १. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चुस्त दुरुस्त राखौ । २. स्याङ्जा र धौलागिरीलाई अनुकूल हुने गरी फिस्टेल हस्पिटल गैर्हापाटन वा जाल्पारोडमा रहेको युनिटी अस्पताल । ३. तनहुँदेखि मुग्लिङसम्म हुने गरी लेखनाथ एरियाको लेखनाथ सामुदायिक लायन्स अस्पताल ।’ महामारीको समयमा कुनै व्यक्तिमा कोरोनाको लक्षण देखिएर प्राइभेट अस्पताल जाँदा प्राइभेट अस्पतालले सरकारी अस्पताल पठाइदिने गरेको र सरकारी अस्पतालमा सिट क्षमताभन्दा धेरै बिरामी अस्पतालमा हुने समस्या र सरकारका लागि चुनौती उत्पन्न भएको जनाउँदै सबै निजी अस्पताललाई राष्ट्रियकरण गर्नुपर्ने विद्यार्थी नेता थापाले जनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, चैत्र २९ २०७६०४:४१:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend