आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रचण्डको प्रस्ताव केपी ओलीले गरे ठाडै अस्वीकार ! नेकपामा द्वन्द्व चर्किने संकेत

प्रचण्डको प्रस्ताव केपी ओलीले गरे ठाडै अस्वीकार ! नेकपामा द्वन्द्व चर्किने संकेत

  • शनिवार, चैत्र २९ २०७६

  • 4.3K
    SHARES

  • काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार एक टेलिभिजन अन्तर्वार्तामा कोरोना भाइरस संक्रमण रोकथामका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र चाहिने प्रस्ताव राखे । सरकारले एक्लैले कोरोनाविरुद्ध लड्न नसक्ने भन्दै अध्यक्ष प्रचण्डले महामारीसँग जुध्न सर्वपक्षीय राजनीतिक संयन्त्रको माग गरे । तर भोलिपल्टै शनिबार कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको प्रस्तावलाई ठाडै अस्वीकार गरे । ओलीले कोरोना रोकथामका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र आवश्यक नरहेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले तीनवटै तहमा जनताबाट निर्वाचित सरकारले काम गरिरहेकाले कोरोना नियन्त्रणसम्बन्धी कामका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन नगरिने जिकिर गरे । शनिबार ७ वटै प्रदेशका मुख्यमन्त्रीसँगको छलफलमा ओलीले संयन्त्र प्रस्तावको खुलेरै विरोध गरेका छन् । एउटै पार्टीका अध्यक्षद्वयबीच देखिएको सार्वजनिक बहस, विवाद र द्वन्द्वले नेकपाभित्र थप विवाद चर्किने संकेत गरेको छ । नेकपाभित्र यसअघिकै विवाद समेत कायमै रहेका बेला सार्वजनिक रुपमा विरोध र आरोप–प्रत्यारोप चलिरहेको छ । यसअघि उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य सिफारिस गर्ने नेकपा सचिवालय बैठकको निर्णयलाई कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीले आनाकानी गरिरहेका छन् । वामदेवलाई सिफारिस नगरी मिर्गाैला पुनः प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका ओलीले त्यसपछि समेत सिफारिस गरेका छैनन् । नेकपाभित्र विवाद र शक्ति संघर्ष चर्किएका बेला कोरोना भाइरससँग लड्ने तरिकाबारे समेत विवाद सार्वजनिक रुपमै देखिएको छ । ‘केन्द्रमा दुईतिहाइ बहुमतको सरकार छ । प्रदेश र स्थानीय तहमा जनताबाट निर्वाचित सरकारले काम गरिरहेको छ । जनताबाट निर्वाचित संयन्त्रले नै काम गर्ने होइन र ? कहाँबाट अर्को विकल्पको कुरा आयो । त्यो बेठीक हो । स्वीकार्य हुन्न,’ ओलीले भनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, चैत्र २९ २०७६०३:४४:२१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend