शनिवार, चैत्र २९ २०७६
काठमाडौं– नेपाली कांग्रेसले सञ्चालमा ल्याएको कोरोना स्व–परिक्षण एप ह्याक गर्ने प्रयास भएको छ। ‘सटन’ नामको ह्याकरले एप ह्याक गर्ने प्रयास गरेको कांग्रेसका एक नेताले जानकारी दिए। कांग्रेस कार्यालय स्रोतकाअनुसार ह्याकरले धम्की दिएलगत्तै आइटी टीमलाई जानकारी गराइएको थियो । बेलैमा आइटी टिमले रोकेकै कारण ह्याकरको प्रयास भने सफल हुन सकेन ।
कारोना लक्षणको स्व–परिक्षण एपमा अहिलेसम्म हजारौंले स्वपरिक्षण गरिसकेका छन्। तर, एप सञ्चालनमा आएको चार दिन पछि नै ह्याकरले ह्याक गर्ने चुनौति दिएको हो।
‘स्व–परिक्षण एप ल्याएको र त्यसमा हजारौंले स्व–परिक्षण गरेको ४ दिनपछि कसैले वेबसाईट ह्याक गर्ने चुनौती दिन्छ भने , त्यसको अर्थ के हो ? सरकारको ध्यान पुग्नुपर्छ कि पर्दैन?,’ कांग्रेसका एक नेताले भने, कहाँ छ साइवर क्राइम ब्रान्च? खुलेआम धम्किको समाचार पढ्दै मात्र छ।’
पछिल्लो समय नेपालमा साइबर क्राइमका घटना बढेका छन्। केही अघि भायोनेट ह्याक गरिएको थियो। हिजो मात्र प्रभु मनि ट्रान्सफरको सिस्टम ह्याक भएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।