शुक्रवार, चैत्र २८ २०७६
रामग्राम नगरपालिकाको नगर कार्यपालिकाले रामग्राम–६ स्थित रहेको राजेश राईस मिलबाट चामल र सोयाबिन स्थानीय एक पसलबाट खरिद गरी राहत वितरण गरेको थियो । राईस मिलबाट किलो ४० रुपैयाँको दरले नगरपालिकाले खरिद गरेको चामल बजारमा ३० र २५ रुपैयाँ पर्ने चामल एक व्यापारीले बताएका छन् । वडा नम्बर १ देखि १३ का स्थानीयले समेत चामलमा कुहिएको सोयबिन किरा भेटिएको बताएका छन् । स्थानीयले सम्बन्धित वडाध्यक्षमार्फत राहत सामग्राी फिर्ता गरेका छन् ।
[caption id="attachment_118016" align="alignnone" width="480"]
वडाध्यक्षको घरमा फालिएका राहतका पोका[/caption]
सबै वडाहरूबाट विरोध आएपछि राहत सामग्री वितरण रोक लगाएको छ । नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले राईस मिलका सञ्चालक पटवारी बनियाले चामलमा मिसावट गरेको पाइएको बताए ।
औषधि म्याद गुज्रेको !
नगरपालिकाले म्याद गुज्रिएको किटनाशक औषधि बाँडेको समेत भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा स्टक गरी राखिएको किटनाशक औषधि रामग्राम नगरपालिकाले बाँडेको छ । रामग्राम नगरपालिकाले वडा नम्बर १५, १६ र १८ मा पठाएका किटनाशक औषधि म्याद गुज्रिएको भेटिएपछि स्थानीयले विरोध जनाएका छन् ।
औषधिको पोकामा मिति लेखिएको ठाउँमा मेटेको भेटेपछि स्वास्थ्यले पठाएका अन्य औषधि हेर्दा औषधि सन् २०१४ को भेटिएको र बनेको समयावधिले २ वर्षभित्र प्रयोग गर्न सकिने लेखिएको स्थानीयले जनाएका छन् । मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।