सिन्धुपाल्चोक – जिल्लाको भोटेकोशी गाउँपालिका–५ स्थित मार्मिङ स्वास्थ्य चौकी र चाकु उपस्वास्थ्य चौकीले कोरोना टेस्टको लागि इन्फारेड थर्मल गनसहित स्वास्थ्य सामग्री पाएको छ ।
भोटेकोशी गाउँपालिकाका २ स्वास्थ्य संस्थामा थर्मल गन, पीपीई सेट, मास्क, स्यानिटाइजर, ग्लोब्स, गाउन लगायत सामग्री सहयोग गरिएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि देखिएपछि सरकारले स्वास्थ्य संस्थामा आवश्यक मेडिकल सामग्री नपुर्याएपछि पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सहयोग गर्दै आएका छन् ।
पछिल्लो समय नेपालमा कोरोना भाइरस देखिएपछि सरकारले लकडाउन गरेको छ । लकडाउन र स्वास्थ्य संस्थामा थर्मल गन, मास्क, स्यानिटाइजर, ग्लोब्स, गाउन जस्ता मेडिकल सामान अभावबीच बस्नेतले मेडिकल सामान सहयोग गरेका छन् ।
सिन्धुपाल्चोकमा यसअघि मेडिकल सामान सहयोग गर्दै आएका पूर्वमन्त्री बस्नेतले कोरोना टेस्ट अर्थात तापक्रम नाप्ने इन्फरेड थर्मल गन समेत उपलब्ध गराएको मार्मिङ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले जनाएका छन् ।
मार्मिङका स्थानीय पासङ नोर्बु लामाले सिन्धुपाल्चोकको लागि सहयोग उपलब्ध गराएका हुन् । शुक्रबार थर्मल गनसहित स्वास्थ्य संस्थामा सामग्री हस्तान्तरण गर्न नेपाली कांग्रेस क्षेत्रीय सभापति बालकृष्ण बस्नेत गएका थिए ।
उनले राजनीति दलको व्यक्तीको सहयोग जनताले यतिबेला पाउने भन्दै आफूहरू जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा मेडिकल सामग्री सहयोग गरिरहेको बालकृष्ण बस्नेतले बताए ।
यतिबेला स्वास्थ्य संस्थामा मेडिकल सामग्री सहयोग गर्दै आएका पूर्वमन्त्री बस्नेलाई प्रहरी प्रशासन, जिल्ला प्रशासन कार्यालय र नेकपाका नेताहरूले रोक्न खोजेपनि उनले स्वास्थ्यकर्मी र जनताको लागि काम गर्ने भन्दै प्रशासनको अबरोधका बीच पनि आवश्यक सामग्री सहयोग गर्दै आएका छन् ।
सिन्धुपाल्चोकमा सरकारले थर्मल गन समेत उपलब्ध गराउन सकेको छैन । तर बस्नेतले भने जिल्लाभर सामग्री सहयोग गर्दै आएका छन् । पूर्वमन्त्री बस्नेतले भने, ‘यस्तो परिस्थितिमा सरकारले चाँडोभन्दा चाँडो आवश्यक मेडिकल सामान उपलब्ध गराउनुपर्ने अवस्थामा आफूहरूले गरेको सहयोगमा समेत सरकारले अवरोध गर्न खोजेको छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।