आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पूर्व सांसद खतिवडाको सुझाव : लाज छोप्ने काम गर सरकार !

पूर्व सांसद खतिवडाको सुझाव : लाज छोप्ने काम गर सरकार !

  • शुक्रवार, चैत्र २८ २०७६

  • 3.7K
    SHARES

  • काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता तथा पूर्व सांसद रामहरि खतिवडाले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब कटौती गरेर मनोबल गिराउने काम गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै पूर्व सांसद खतिवडाले सांसद र जनप्रतिनिधिले आफ्नो तलब दिने भनिरहँदा समेत सरकारले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब कटौती गर्नु ठीक नभएको सुझाव दिएका छन् । ज्यानको बाजी राखेर रातदिन काम गर्नेहरूको मनोबल नगिराउन र लाज छोप्ने काम गर्न खतिवडाले सरकारलाई सुझाव दिएका छन् । उनले ट्विटमा लेखेका छन्, ‘केही माननीय सदस्यहरूले आफ्नो सुविधा घटाउन अनुरोध गरेका छन्, केही अन्तर्वार्ता दिँदै १ महिनाको तलब दिए भन्छन् । तर सरकारले जनप्रतिनिधिको होइन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको पो तलबमा कटौती गर्ने रे ! जो ज्यानको बाजी राखेर रातदिन काम गर्छ, उनीहरूको मनोबल नगिराउ, लाज छोप्ने काम गर सरकार !’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र २८ २०७६०२:३२:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend