शुक्रवार, चैत्र २८ २०७६
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन् । शुक्रबार मोदीसँग टेलिफोन संवाद भएको प्रधानमन्त्री ओलीले ट्विटमार्फत जानकारी दिएका छन् । मोदीसँगको संवादमा कोरोना भाइरस ९कोभिड १९० को विषयमा कुराकानी भएको ओलीले जानकारी दिएका छन् । 'कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा हामी सहमत भयौं' प्रधानमन्त्रीले ट्विट गरेका छन्, 'लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं ।'
आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्ने विषयमा समेत छलफल भएको प्रधानमन्त्री ओलीले बताएका छन् । भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि मोदीलाई धन्यवाद दिएको ओलीले जानकारी दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीले पनि नेपालका प्रधानमन्त्रीसँग टेलिफोन संवाद भएको जानकारी दिएका छन् । कोरोना भाइरसविरुद्धको लडाइँमा नेपालीको दृढ संकल्पको मोदीले सराहना समेत गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।