शुक्रवार, चैत्र २८ २०७६
ललितपुर–विश्वभरी त्रास फैलाएको कोरोना भाइरस नियन्त्रण र दैनिक मजदुरी गर्ने, अपांग, सुत्केरीलगायतका विपन्न वर्गलाई सहयोग गर्न ललितपुरको दक्षिणी भेगमा पर्ने तिन गाउँपालिकालाई नेपाली कांग्रेका नेताहरुले आर्थिक सहयोग गरेका छन् ।
बागमती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र महाँकाल गाउँपालिकालाई कांग्रेस नेता एवम् पूर्व अर्थराज्य मन्त्री उदयशमशर राणा, युवा नेता तथा खेलकुद विभाग सदस्य सचिव मीनकृष्ण महर्जन र महासमिति सदस्य ऋषिराम घिमिरे संयुक्तरुपमा प्रत्येक गाउँपालिकाको आकस्मिक विपत व्यवस्थापन कोषलाई ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
सहयोग रकम हस्तान्तर गर्दै पुर्व अर्थराज्य मन्त्री राणाले आपतकालिन अवस्थामा प्रत्येक गाउँपालिकामा आवश्यक सामान खरिद गरी विपन्न, दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने जनतालाई राहत दिन आग्रह गरे । अहिले बिश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण नेपालमा पनि लक डाउनको अवस्था रहेको बताउदै पुर्वमन्त्री राणाले लकडाउनलाई हामी सबैले पुर्ण रुपमा पालना गर्नुपर्ने बताए ।
एकल महिला, बुढा बा आमा, बेसाहरा र श्रमजीवि वर्गलाई भोकै बस्नु पर्ने अवस्था नआओस् भन्दै नेता राणाले सरकारले राहत बितरणको कामलाई अझै तिब्रता दिनु जरुरी रहेको बताए । जसले पनि राहत बितरण गर्दै हिँड्दा भिडभाड बढ्ने र कोरोना संक्रमण फैलन सक्ने जोखिम रहेको भन्दै राणाले स्थानीय तहलाई जिम्मा लगाएर एकद्वार प्रणाली मार्फत राहत बितरण गर्ने बातावरण मिलाउनु पर्ने धारणा राखेका थिए ।
सो आर्थिक सहयोग वितरण कार्यक्रममा बागमती गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ३ का वडा अध्यक्ष तथा नेपाली कांग्रेस बागमती गाउँपालिका सभापति विष्णुप्रसाद तिमल्सिना, प्रदेश क सभापति सुन्दरमान थिड, क्षेत्रीय सदस्य सरोजमेयर कायस्थ, गोदावरी नगरपालिका सभापति सुरोज श्रेष्ठ, इन्जिनियर शैलेस श्रेष्ठ, समाजसेवी होमप्रसाद घिमिरेलगायतको टोलीको सहभागिता रहेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।