आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रचण्डको आह्वान : कोरोनासँग सरकार एक्लैले सक्दैन, तत्काल कांग्रेससँग मिल्नुपर्छ !

प्रचण्डको आह्वान : कोरोनासँग सरकार एक्लैले सक्दैन, तत्काल कांग्रेससँग मिल्नुपर्छ !

  • बिहिवार, चैत्र २७ २०७६

  • 7.8K
    SHARES

  • काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणविरुद्ध लड्न सरकार एक्लैले नसक्ने भएकाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित दलसँग मिलेर जानुपर्ने बताएका छन् । बिहीवार साँझ इमेज टेलिभिजनको हटसिट कार्यक्रममा अध्यक्ष प्रचण्डले कोरोना रोकथाम र नियन्त्रणका लागि सर्वपक्षीय संरचना बनाउन आवश्यक रहेको बताए । ‘विश्वव्यापी चुनौतीको रुपमा रहेको कोरोनाको सामना गर्न सत्तापक्ष, प्रतिपक्ष लगायत सबै दल सम्मिलित संरचना बनाएर अघि बढ्न सकेमात्र सफल भइन्छ,’ उनले भने, ‘सबैको सहभागितामा बनाइने त्यस्तो संरचना प्रधानमन्त्रीको नेतृत्वमा बनाउन सकिन्छ ।’ सर्वदलीय संरचनाबारे आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गर्ने उनले बताए । ‘कोरोना विरुद्धको लडाइँ सरकार वा कोही पनि एक्लैले सामना गर्न सक्दैन । सर्वपक्षीय संरचना बनाएर सबै मिलेर मात्र यसलाई बनाएर मुकाबिला गर्न सकिन्छ भनेर मैले त्यस खालको संरचनाको कुरा गरेको हो,’ अध्यक्ष प्रचण्डले भने, ‘सरकारले बनाएको संरचना ठीक छ । मुख्य जिम्मेवारी महामारी नियन्त्रण गर्ने सरकारकै हो । तर यो समस्याको समाधान गर्न सबै शक्ति एक ठाउँमा उभिन जरुरी रहेको छ ।’ हालै सम्पन्न सचिवालय बैठकमा औषधि उपकरण लगायतको खरिद प्रक्रियासँग जोडिएर आएका विषयमा गम्भीर छलफल भएको भन्दैै उनले अनियमितताबारे प्रधानमन्त्री स्वयं नै गम्भीर रहेको जनाएका छन् । ‘यतिबेला फेरि म भन्छु राजनीतिक दाउपेच गर्नुहुन्न, एकता नै गर्नुपर्छ भन्नेमा नै जोड दिन्छ,’ प्रचण्डले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र २७ २०७६०४:५०:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend