आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

केपी ओलीको फोटो जोडेर फेसबुकमा लेख्ने २ जना पक्राउ

केपी ओलीको फोटो जोडेर फेसबुकमा लेख्ने २ जना पक्राउ

  • बिहिवार, चैत्र २७ २०७६

  • 4.2K
    SHARES

  • काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा अफवाह फैलाएको भन्दै प्रहरीले २ जनालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा खोटाङको ऐसेंलुखर्क–१ घर भएका ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेको पनौती घर भई चुनिखेल बस्ने ४६ वर्षीय रामकुमार राघु श्रेष्ठ छन् । पक्राउ परेका ताराले प्रधानमन्त्री लगायत पूर्व प्रधानमन्त्री, वर्तमान रक्षामन्त्रीको तस्वीर प्रयोग गरी अमर्यादित कार्य गरेको प्रहरीले जनाएको छ । रामकुमारले प्रधानमन्त्री ओलीको तस्वीर बिगारेर फेसबुकमा शेयर गरेको आरोप लगाइएको छ । ती व्यक्तिलाई साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा दुवैलाई पक्राउ गरिएको ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक (एसपी) नविन्द्र अर्यालले जनाए । पक्राउ परेका दुवै जनामाथि साइबर अपराधमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र २७ २०७६०३:१४:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend