आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतमा झन् फैलियो कोरोना, २०० जनाको मृत्यु, मोदीले दिए कडा सन्देश !

भारतमा झन् फैलियो कोरोना, २०० जनाको मृत्यु, मोदीले दिए कडा सन्देश !

  • बिहिवार, चैत्र २७ २०७६

  • 4.5K
    SHARES

  • काठमाडौं – नेपालको छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमण झन् फैलिँदै गएको छ । भारतमा भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २०० नाघेको छ । बिहीवारसम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २०५ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भाइरस संक्रमितको संख्या ६ हजार नाघेको छ । भारतमा हालसम्म पुष्टि भएका ६ हजार ३१६ संक्रमितमध्ये ५ हजार ५६३ जना उपचाररत रहेका छन् । महाराष्ट्र प्रान्तमा कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा धेरै व्यक्तिको मृत्यु भएको छ । महाराष्ट्रमा ८८ जनाको मृत्यु भएको छ भने १ हजार २९७ जना संक्रमित बिरामी छन् । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न भारतमा २१ दिने लकडाउन जारी गरिएको छ । केन्द्र सरकारले अप्रिल १५ पछि पनि लकडाउन लम्बाउने तयारी गरिरहेको प्रधानमन्त्री नरेन्द्र मोदीले जनाएका छन् । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको बेला लकडाउन खोल्न नसकिने मोदीले जनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र २७ २०७६०३:०४:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend