आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेकपाबाट जितेका वडासदस्यले गरे बालिका माथि करणी प्रयास, मन्दिर बनाउने शर्तमा लुकाए घटना

नेकपाबाट जितेका वडासदस्यले गरे बालिका माथि करणी प्रयास, मन्दिर बनाउने शर्तमा लुकाए घटना

  • बिहिवार, चैत्र २७ २०७६

  • 4.2K
    SHARES

  • भोजपुर–भोजपुरको षडानन्द नगरपालिका वडा नं.६ का वडा सदस्य कुमार कटुवालमाथि जब्बरजस्ती करणी गर्ने उद्धेश्यले आफ्नै छिमेकी बालिकालाई जंगलमा बोलाएको आरोप लागेको छ । कटुवालले छिमेकी वर्ष १४ कि एक बालिकालाई फोन गरेर एकान्त ठाउँमा भेट्नु पर्छ भनेर बोलाएका थिए । बालिकालाई बारम्बार वोलाए पछि बालिकाले बुबालाइ सुनाएकी थिइन् । बुबालाइ सुनाए पछि पनि कटवालले पुन बोलाएका थिए।

    त्यस पछि बालिका र उनका बुवा वोलाएको ठाउँमा गए । बालिका बोलाएको ठाउँमा जाँदा वडा सदस्य कटुवालाई जंगलको विचमा देखे पछि बालिकाले टाढैबाट तपाईको नियत यस्तो रैछ र पो वोलाकोबोलाई गरेको अब छाड्दिन भने पछि फर्किएको बताईन् । त्यस पछि इलाका प्रहरी कार्यालय दिङ्लामा उजुरी दिइन । उजुरी दिए पछि ईलाका प्रहरी कार्यालय दिङ्लामा वोलाई छिमेकमा मुद्धा मामेलामा नफस्न भन्दै बालिकाको घर मुनी मन्दिर बनाइदिने शर्तमा मेलमिलाप गर्न सवैले अनुरोध गरेपछि मौखिक मिलापत्र गरेको बालिकाको बुवाले बताए ।

    यस्तो अपराधलाई मन्दिर निर्माणमा ल्याएर मिलाउदा आफुहरुलाई चित्त नबुझेको उनको गुनासो छ। यदि १० दिन भित्र मन्दिर नबनाए माथिल्लो निकायमा न्याय खोज्न जाने बालिका र उनका परिवारले बताएका छन् । मन्दिर बनाउने शर्तमा वडा सदस्यले भने अहिले वडामा बजेट नभएकाले अर्को आर्थिक वर्षमा वडाको थोरबहुत रकम विनियोजन गरि मन्दिर बनाउने बताएका छन्। बालिकाको वुवाले व्याक्तिगत रुपमा बनाए मान्य हुने नत्र कानुनी उपचार खोज्ने बताएका छन् ।

    यता कटुवालले भने यस्तो कुनै पनि नियत आफुमा नभएको बताएका छन् । फोन गर्दा बालिकाले सन्चो छैन भने पछि उपचार गर्न दिङ्ला आउ भन्दा निको हुदैछ भनेको र घर फर्कदा एक सयको रिर्चाज ल्याईदिनु भने पछि रिचार्ज ल्याईदिको र लिन बोलाएको बताए । वेसी खेत जाने काम भएकाले रिचार्ज लिन खेत जाने बाटोमा बोलाएको बताएका छन् । आफु जनताले मत दिएर निर्वाचित भएको वडा सदस्य भएकाले यस्तो हर्कत आफु बाट हुन नसक्ने बताउदै अन्यथा नभई रिर्चाज लिन बोलाएको बताएका छन् ।

    प्रहरी निरिक्षक भाष्कर खतिवडाले भने बाराम्बार फोन गरेको हुँदा कारवाही गरिपाउँ भनी बालिकाले उजुरी दिएको बताएका छन् । खतिवाडाले उनीहरु आफै आफै मिलेर गएको बताए । फोन रेकर्डहरु इलाका प्रहरी कार्यालयमा सुरक्षित रहेकाले चित्त नबुझे कानुनी उपचार खोज्न माथी जाने बाटो खुल्ला रहेको खतिवडाले बताए ।

    यता वडा अध्यक्ष सुजन राईसंग फोन सम्पर्क गर्दा आफु मलामी आएको छु भन्दै पछि फोन गर्छु भनेर फोन राखेका छन् । अध्यक्ष राईलाई पछि बाराम्बार फोन गर्दा पनि फोन उठाएका छैनन् । यता छलफलमा गएका एक व्यात्तिले बताए । भने छलफलमा केटा र केटीको बयान नमिलेकाले उनी छलफलबाट निस्किएपछि कसरी मेलमिलाप भयो भन्ने बारे थाहा नभएको बताएका छन् । दोसी भए मेलमिलाप हैन कारवाही गर्नु पर्ने बताएका छन् । सर्तबन्धमा मेलमिलाप हुनु भनेको गलत भएर मिल्नु भन्ने बुझिन्छ उनको भनाई छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र २७ २०७६१०:४५:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend