आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

खर्च धान्नै नसक्ने अवस्थामा सरकार, वैदेशिक सहयता खोजिँदै

खर्च धान्नै नसक्ने अवस्थामा सरकार, वैदेशिक सहयता खोजिँदै

  • बुधवार, चैत्र २६ २०७६

  • 6.1K
    SHARES

  • काठमाडौं–कोरोना भाइरसका कारण राज्यलाई आर्थिक भार थपिने भएको छ । राज्य एक्लैले खर्च धान्न नसक्ने भएपछि सरकारले थप वैदेशिक सहायता लिने तयारी गरेको छ ।

    पछिल्लो समय तीन दातृ निकायसँग सहायता लिने पक्का पक्की भएको अर्थ मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आएमएफ), वर्ल्ड बैंक र एशियन डेभलपमेन्ट बैङ्क (एडिबी) सँग वैदेशिक सहायता लिन लागिएको अर्थ मन्त्रालयले जनाएको छ। प्रति एक डलर १२० रुपैयाँका दरले एकसय ३९ मिलियन डलर सहायता लिने पक्का पक्की भएको हो। जसमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आएमएफ) बाट ५० मिलियन, वर्ल्ड बैंक बाट ६० मिलियन र एशियन डेभलपमेन्ट बैङ्क (एडिबी) सँग २९ मिलियन डलर बराबरको वैदेशिक सहायता लिन लागिएको हो । जुन १६ अर्ब ६८ करोड नेपाली रुपैयाँ हुन्छ । सरकारले उक्त रकम लिने अन्तिम निर्णय भईसकेको छ ।

    यस बाहेक अन्य दातृ निकायसँग सहयोगका लागि दैनिक जसो अर्थ मन्त्रालयले कुरा गरिरहेको जनाएको छ। उसले एएआईडीसँग एक चरणको छलफल गरिसकेको छ। महाशाखाले बहुपक्षीय, द्वीपक्षीय र दातृसंस्थाहरूसँग छलफल गरिरहेको छ। स्वास्थ्य, जलवायु, बार्षिक बजेट र अन्य सबै क्षेत्रलाई प्राथमिकतामा राखेर सहयोग मागिरहेको नेपालले बताए। त्यसमा पनि बजेटलाई फोकस गरेर वैदेशिक सहयोग खोजिएको छ ।

    खर्च गर्ने बजेट अपुग हुने भएपछि अर्थ मन्त्रालयले अन्य आयोजनाको पैसा समेत प्राथमिकता प्राप्त क्षेत्रहरूमा लैजाने भएको छ।मुलुकको मात्रै आम्दानीले नपुग्ने भएपछि अन्तर्राष्ट्रिय सहायता खोज्ने गरिन्छ । नेपालको आम्दानीले मात्रै मुलुकको खर्च धान्न पहिल्यैदेखि सकिएको थिएन । मुलुकको आम्दानीले मात्रै नपुगेपछि वार्षिक बजेट बनाउँदा समेत वैदेशिक सहायता, वैदेशिक ऋण र आन्तरिक ऋण उठाउने गरिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र २६ २०७६०६:०३:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend