आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोनाका बेला कहाँ हराए मधेशी दल?

कोरोनाका बेला कहाँ हराए मधेशी दल?

  • बुधवार, चैत्र २६ २०७६

  • 15.3K
    SHARES

  • काठमाडौं– मधेसी जनताका लागि भन्दै थुप्रै पटक आन्दोलन गरेका र भारतीय नकाबन्दीलाई समेत समर्थन गरेका मधेशी दल विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका बेला भने कुना पसेका छन्।

    मधेशवादी दलका नेताहरु अहिले उनै जनता घरमा थुनिएर बस्दा उनीहरुको स्वास्थ्यदेखि अरु अवस्थाबारे जानकारी लिनसमेत निस्किएका छैनन् । स्थानीय र प्रादेशिक नेताहरु सक्रिय देखिए पनि केन्द्रीय नेताहरु संकटका बेला जनताको अवस्था बुझ्न ननिस्केर घरमै बसिरहेका छन् ।

    राजनीतिक स्वार्थमा भएका केही प्रदर्शनमा नेताहरुलाई साथ दिएका जनता मर्कामा पर्दा उनीहरुले बेवास्ता गरेका हुन् । मधेशी जनताको आफूहरुलाई हिमायती ठान्ने उनीहरु अहिले मधेशी जनताहरु भोकै बस्नु पर्ने अवस्था सृजना हुँदा मौन बसेका हुन् ।

    आफूहरुको नाम भजाएर राजनीतिक स्वार्थ पूरा गरेर मधेश केन्द्रित नेताहरुलाई अहिले मधेशी जनताले खोजिरहेका छन् । नेपालमा हालसम्म नौ जनामा संक्रमण देखिएको छ । तर, नेपाल जोखिममा भने परिरहेको छ ।

    कोरोनाभाइरस संक्रमण फैलिन नदिन सरकारले १५ दिनदेखि लकडाउन गरेको छ । जनता मर्कामा परेका बेला मधेश केन्द्रित दलका नेताहरु मौन बसेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र २६ २०७६०५:४६:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend